काठमाडौं । सरकारले आर्थिक वर्ष ०७६/०७७ को बजेटमार्फत सामाजिक सुरक्षा भत्तामा साविकको रकममा थप एक हजार रुपैयाँ बृद्धि गर्ने घोषणा गरेको छ । सरकारको यो घोषणाले राज्य कोषमा बार्षिक २५ अर्ब ३६ करोड रुपैयाँ थप आर्थिक भार थपिएको छ ।
बुधबार संघीय संसदमा १५ खर्ब ३२ अर्बको बजेट पेश गर्दा सामाजिक सुरक्षा भत्ता एक हजार बढाइएको छ । बृद्धभत्ता ५ हजार पु¥याउने बाचा गरेर आएको नेकपा (तत्कालीन वाम गठबन्धन)ले गत बजेटमा सामाजिक सुरक्षा भत्ता बढाएको थिएन । तर, चौतर्फी आलोचना भएपछि दबावमा परेको सरकारले निजी तथा कार्यक्रममै सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेको थियो ।
बजेटमा बृद्धभत्ता एक हजार बढाउने घोषणा गरिएको छ । अब ७० वर्ष उमेर पुगेका नागरिकले मासिक ३ हजार जेष्ठ नागरिक भत्ता पाउनेछन् ।
यसबारे १३ लाख नागरिक लाभान्वित हुनेछन् ।
यस्तै असत्त, अपाङ्गता भएका, एकल महिला, लोपन्मुख आदिवासी जनजातिले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता पनि एक हजार बढाइएको छ ।
यसबारे करिव ९ लाख नागरिकको जीवनयापन सहज हुने सरकारको अपेक्षा छ ।






