नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाल नियुक्त

SHARE:

काठमाडौं । नेपालको क्रिकेट प्रशिक्षकमा उमेश पटवाल नियुक्त भएका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)मार्फत राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पटवाललाई नियुक्त गरेको हो । पटवाल र राखेपबीच साँझ ५ बजे सम्झौतामा हस्ताक्षर हुनेछ ।

स्रोतका अनुसार पटवालले मासिक ७ हजार डलर पारिश्रमिक पाउनेछन् । यो रकम आईसीसीले दिनेछ । सन् २०१० मा अफगानिस्तान टिमको ब्याटिङ सहयोगी रहेका पटवाल २०१४ को एसिया कप, टी–२० विश्वकप र २०१५ को विश्वकपमा ब्याटिङ प्रशिक्षक थिए ।

४६ वर्षका पटवाल गएको माघमा नेपाली क्रिकेट टिमले युएईमा एकदिवसीय र टी-२० सिरिज खेल्दा ब्याटिङ कन्सल्ट्यान्टका रुपमा रहेका थिए । त्यसअघि २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोट प्रतियोगिताका बेला पनि आईसीसीले ब्याटिङ कन्सल्ट्यान्टका रुपमा उनलाई पठाएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!