नौ जनाको विभत्स हत्या घटनाका १३औं दिन, अपराधी पत्ता लगाउन सकस

SHARE:

पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा जेठ ६ गते राती दुई परिवारका नौ जनाको विभत्स हत्या भयो । घटनामा एक बालिका भने भागेर ज्यान जोगाउन बाँच्न सफल भइन् ।

बिहान सबेरै घटनाबारे गाउँभर खबर फैलियो । पूरै गाउँ स्तब्ध थियो । दुई परिवारलाई नै सखाप पार्ने गरी कसले हत्या गर्यो भन्ने विषयमा अन्यौल थियो । अनेकन अड्कलबाजीहरु भइरहेका थिए ।

केही समयपछि अर्को खबर आयो – सोही गाउँपालिकाको वडा नम्बर ७ मा हत्या भएको परिवारका कान्छा ज्वाइँ मानबहादुर माखिमको शव रुखमा झुण्डिएको अवस्थामा शव फेला पर्यो । शव भेटिएको स्थान नजिकै हतियार र रगत लतपतिएको कपडा पनि भेटियो ।

त्यसपछि मानबहादुरबारे स्थानीय तथा आफन्तको बयान बाहिर आउन थाल्यो । उनीहरुका अनुसार मानबहादुर र उनको पत्नी मनकुमारीबीच पछिल्लो समय सम्बन्ध बिग्रिएको थियो । उनीहरुबीच सम्बन्ध विच्छेदको तयारी भइरहेको थियो । मनकुमारी पतिसँग बस्न छाडेको लामो समय भइसकेको थियो । उनी माइत नै बस्दै आएकी थिइन् । जसले गर्दा मानबहादुर र मनकुमारीको परिवारबीच सम्बन्ध राम्रो थिएन ।

यता, घटनामा आक्रमणबाट भोगर बाँच्न सफल भएकी १२ वर्षीया बालिका सीता खुजुमले पनि एक जना हतियारधारी मकुन्डो लगाएर आएर हत्या गरेको प्रहरीसमक्ष बयान दिइन् ।

मानबहादुर र हत्या भएको परिवारबीच सम्बन्ध बिग्रिएको कुरा बाहिर आउनु, हत्या भएलगत्तै उनले आत्महत्या गर्नु, आत्महत्या गरेको स्थान नजिकै रगतले लतपतिएको कपडा र हतियार भेटिनु र घटनामा बाँच्न सफल बालिकाले घटना भएको बेला एक जनालाई मात्र देखेको बयान दिनुले सामुहिक हत्यामा मानबहादुरकै संलग्नता हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान त्यतातिर सोझ्यायो ।

घटनामा मानबहादुरकै संलग्नता हुनसक्ने आधारहरु देखाएर प्रहरीले अनुसन्धान थालेको आज आज १० दिन बितिसकेको छ । हत्या भएको भोलिपल्ट मानबहादुर नै हत्या हुनसक्ने अनौपचारिक ‘किटान’ गरिए पनि हालसम्म वास्तविक हत्यारा को थिए भनेर प्रहरीले सार्वजनिक गर्न सकेको छैन ।

घटना भएलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय पाँचथर, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली घटनास्थल पुगेको थियो । टोलीले अहिले विभिन्न कोणबाट घटनाकोे अनुसन्धान गरिरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!