व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा ठूलो फड्को मारे

SHARE:

(अस्ट्रेलिया) । नेपाली मुलका अस्ट्रेलियाली व्यवसायी दम्पती शेष तथा जमुना घलेले धनीको सूचीमा ठूलो फड्को मारेका छन् । यहाँस्थित व्यावसायिक पत्रिका अस्ट्रेलियन फाइनान्सियल रिभ्युले निकालेको नयाँ सूचीमा उनीहरू १ दशमलव १८ बिलियन डलरसहित ७८ औं नम्बरमा पर्न सफल भएका छन् ।

गोरखामा जन्मिएका शेष घले करिब दुई दशकअघि विद्यार्थीका रूपमा अस्ट्रेलिया भित्रिएका थिए । सन् २००२ देखि घरजग्गाको व्यवसायमा हात हालेका उनी पहिलोपटक सन् २००९ मा बीआरडब्लू पत्रिकाले सार्वजनिक गर्ने अस्ट्रेलियाली धनीहरूको सूचीमा पर्न सफल भएका थिए । लामो समयदेखि अस्ट्रेलियाका धनीहरूको सूची सार्वजनिक गर्दै आएको फाइनान्सियल रिभ्युले शुक्रबार साँझ सार्वजनिक गरेको सूचीमा उनी १ दशमलव १ बिलियन डलरसहित ७८ औं धनी बन्न सफल बनेका हुन् । यसअघि गत मार्चमा यहाँकै प्रतिष्ठित पत्रिका द अस्ट्रेलियनले सार्वजनिक गरेको धनीहरूको सूचीमा उनी १ दशमलव १ बिलियन डलरसहित ८५ औं धनीको सूचीमा सूचीकृत भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!