सगरमाथा आरोही श्रेष्ठलाई पोखरामा अभिनन्दन

SHARE:

पोखरा । पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा एचआइभी संक्रमित पोखराका गोपाल श्रेष्ठले विश्वकै सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गरेर विश्व किर्तीमान बनाएसँगै उनलाई पोखरामा भव्य स्वागत तथा अभिनन्दन गरिएको छ । गोपाललाई सगरमाथा आरोहण गराउने समूह स्टेप अफ क्याम्पियन दोस्रो चरणले उनको स्वागत तथा अभिनन्दन गरेको हो । उनको अभिनन्दनमा पोखराका अधिकतम संघ सस्थाहरुको सहभागिता रहेको थियो भने अभिनन्दन पछि उनलाई पोखरा परिक्रमा पनि गराइएको थियो । दुई महिना अगाडि पोखराबाट सगरमाथा आरोहणका लागि निस्किएका श्रेष्ठले गएको ८ गते बुधबार बिहान ७ः३० बजे सगरमाथाको टाकुरामा पाइला राखेका थिए ।

एआइभी संक्रमित ब्यक्तिले सगरमाथाको सफल आरोहण गरेको यो नै पहिलो हो । पोखरा ७ रत्नचोक निवासी श्रेष्ठ आरोहणपश्चात् फर्कनेक्रममा स्वासप्रस्वास र अन्य शारीरिक समस्याका कारण एक हप्ता काठमाडांैमै उपचार गराएपछि उनी आजमात्रै पोखरा आएका हुन् ।

स्टेप अफ क्याम्पिएनका संयोजक पदमराज पहारीले अभियानले पहिलो चरणको सफलता पाएको धारणा राखे । उनले भने, “यो अभियान समग्र नेपालीको हो त्यसैले हामीले गोपालको आरोहण पछिको आगमनलाई भव्य रुपले स्वागत र अभिनन्दन गरेका हौं ।”
पोखरा विमानस्थलमा अवतरण गर्दै आरोही श्रेष्ठले यो सफलता संसार भरका एचआईभी संक्रमित र प्रभावितहरुमा समर्पण गरेको धारणा राखे । उनले भने–“वल्ल अभियान सुरु भएको छ गर्नु पर्ने कामहरु धेरै छ अब हामी एक भएर संसार भरका एचआईभी संक्रमितहरुलाई समाजले हेर्ने नजरिया परिवर्तन गर्न जरुरी छ ।”

अभियानपछि संक्षिप्त भनाइ राख्दै अभियानकी सचिव जमुना शर्माले अब अभियानले एचआईभी संक्रमितका बालबालिकाका क्षेत्रमा काम गर्ने जानकारी दिइन् । श्रेष्ठले ड्रिमर्श डेस्टिनेशन ट्रेक्स एण्ड एक्सपिडिशनका फूर्वा तेन्जीङ शेर्पाको नेतृत्वमा सगरमाथा आरोहण गरेका हुन् । उनलाई आरोहण गराउनका लागि अनुभवी शेर्पा दाकिवा शेर्पाले निजी रुपमा जिम्मा लिएका थिए । निजी शेर्पा दाकिवाका अनुसार श्रेष्ठले कुनै पनि समस्या नदिइकन आरोहण सफल गरेको जानकारी दिए । उनले भने–“गोपाल दाइमा आरोहणसँग सम्बन्धित ज्ञान र आरोहणका लागि आवस्यक पर्ने क्षमता राम्रो रहेछ ।”

श्रेष्ठले विश्वभर छरिएर रहेका एचआईभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै, ‘स्टेप अप क्याम्पियन’ अभियानमार्फत सन् २०१५ मा सगरमाथा पनि चढ्ने प्रयास गरेका थिए । तर त्यतिबेलाको विनाशकारी महाभूकम्पका कारण सफल भएका थिएनन् ।

एचआईभी र एड्ससँग सम्बन्धित भेदभावको अन्त्य गर्ने उद्देश्यले सगरमाथा चढ्ने उनको पहिलो प्रयास विफल भए पनि यसपाली भने उनी सफल भएका हुन् । २५ वर्षअघि एचआईभी सक्रमण भएका ५६ वर्षीय श्रेष्ठले ‘स्टेप अप क्याम्पेन ः सेकेण्ड फेज’ अभियान अन्तर्गत सगरमाथा आरोहण गरेका छन् ।

गोपालले सगरमाथा आरोहण गर्नुअघि सन् २०१३ मा ५,४१७ मिटर उचाइको थोराङ्ग ला पास, सन् २०१४ मा ६,१८९ मिटर उचाइको आइल्याण्ड पिकको सफल आरोहण गरिसकेका छन् ।
त्यस्तै सन् २०१६ मा ६,६४६ मिटर उचाइको भर्जिन पिक खाङ कार्पोको सफल आरोहण गरिसकेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!