प्रमुख समाचार

नेपालमा एक करोड बढीले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं पुष १२ । नेपालमा एक करोड बढीले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सोमबारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

कोरोना संक्रमण बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा कर्फ्यू

एजेन्सी पुष १२ ।     कोरोना संक्रमण बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले सोमवारबाट कर्फ्यू लगाउने भएको हो

मास्टर मित्रसेन थापा साहित्यकला संस्थानको गठन

एटा सम्वादाता – दिनांक ४ डिसम्बर 2021 को दिन  गोदुनिस, दार्जलिंग को पुस्तकालयमा श्री  हरेन आलेका अध्यक्षतामा मास्टर मित्रसेन थापा मगरका नाम, कृति, संगीत आदिलाई संरक्षण गर्नका  निम्ति संस्था निर्माण गरिनुपर्ने धेयले एउटा सभा राखियो

माओवादीको आठौँ महाविधेशन काठमाडौं सुरु

काठमाडौं पुस ११ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा आइतबार आयोजित उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरे ।

एनआरएनए निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौं पुष ११ । गैरआवासीय नेपाली संघ एनआरएनए निर्वाचन समितिले डिसेम्बर महिनाको लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ । निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध

क्रिसमसको अवसरमा नेपाली समाज वील्सायरद्वारा घरबारबिहीनलाई खाना र उपहार

लण्डन पुष ११ । नेपाली समाज वील्सायर स्वीन्डनले क्रिसमसको अवसर पारेर स्वीन्डनमा रहेका घरबारबिहीनलाई खानासहित उपहार वितरण गरेको छ । क्रिसमसमा समाजले गरेको यो दोश्रो राहत वितरण कार्यक्रम हो । क्रिसमस इभको अवसरमा शुक्रबार सांझ

माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने

काठमाडौं पुष १० । नेकपा माओवादी केन्द्रले आइतबारबाट सुरु हुने राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा लैजाने भएको छ । पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता कृष्णबहादुर महराले राष्ट्रिय सम्मेलनप्रति आकर्षण बढेकाले यसलाई महाधिवेशनमा परिणत गर्ने

बंगलादेशमा मोटर डुंगामा आगो लाग्दा ३६ जनाको मृत्यु

एजेन्सी पुष ९ । बंगलादेशमा शुक्रबार बिहान एउटा मोटर डुंगामा आगो लाग्दा कम्तीमा ३६ जनाको मृत्यु भएको छ । राजधानी ढाकाबाट २ सय ५० किलोमिटर दक्षिणमा पर्ने झालोकाथी सहर नजिकै सुगन्धा नदीमा आज बिहान तीन

बेलायतमा आज एकैदिन झण्डै एक लाख २० हजार कोरोना संक्रमित थपिए

लण्डन पुष ९ । बेलायतमा दैनिक कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । बिहीबार एकैदिन झन्डै एक लाख २० हजार संक्रमित थपिएका छन् । बुधबार अहिलेसम्मकै सबैभन्दा बढी एक लाख छ हजार बढी

यी हुन् कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरु [सूची]

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १ सय ३४ जना पदाधिकारी र सदस्यहरु निर्वाचित भएका छन् । हाल सम्पन्न महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ  निर्वाचित हुनुभएको छ । त्यस्तै

बिसीसी युकेले विविध कार्यक्रमका साथ तमू ल्होछार मनाउँदै 

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले बिसीसी युकेले विविध कार्यक्रमका साथ तमू ल्होछार मनाउने भएको छ । आउने ३० डिसेम्बर अर्थात् पौष १५ गतेका दिन बिसीसी युकेको अल्डरसटस्थित गुम्बामा धार्मिक पूजापाठका साथ तमू ल्होछार

व्यवस्थित रुपमा सूचना प्रवाह गर्ने एनआरएनए युके मिडिया समितिको निर्णय

लण्डन पुष ८ । गैर आवासीय नेपाली संघ एनआरएनए युकेको मिडिया समितिले युकेमा कार्यरत मिडियाहरुसंग सम्पर्क विस्तार गरी संस्थाका गतिविधिहरुबारे सदस्य तथा शुभेच्छुकहरु सम्म व्यवस्थित रुपमा सूचना प्रवाह गर्ने निर्णय गरेको छ। समितिका प्रमुख संयोजक

error: Content is protected !!