एनआरएनए निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित

SHARE:

काठमाडौं पुष ११ ।

गैरआवासीय नेपाली संघ एनआरएनए निर्वाचन समितिले डिसेम्बर महिनाको लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनु पर्ने मतदाता सूची पूर्ण रुपमा प्राप्त भै नसकेको जनाएको छ। यसले गर्दा छानबिन प्रक्रिया प्रभावित भई यस अघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मिति सहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने छ, समितिले भनेको छ।

यस अघि निर्वाचन समितिले गत १५ डिसेम्बरमा एक सूचना प्रकाशित गरी डिसेम्बर २६ र २७ तारिखमा मतदान गर्ने बाहेकका सबै निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको थियो । संघद्वारा प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा व्यापक धांधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परे पछि गत अक्टोबरमा तोकिएको संघको दशौँ महाधिवेशन र चुनाव पर सरेको थियो।

प्रमुख निर्वाचन आयुक्त लिलामणि पौडेल तथा निर्वाचन समितिका सदस्य डा.गणेशमान गुरुङले मतदाता नामावली सम्बन्धी विवाद समाधान न भै चुनाव गराउन नसकिने भन्दै राजीनामा दिए पछि डिसेम्बर भित्र चुनाव गराउने कार्य तालिका अलपत्र परेको थियो । डेलिगेट्स सम्बन्धी विवाद समाधान गर्न अध्यक्ष कुमार पन्तद्वारा गठित चार सदस्यीय उच्चस्तरीय समितिले विभिन्न विकल्पहरुबारे छलफल जारी राखेको छ।

समितिमा संघका केन्द्रीय सल्लहकार विश्व आदर्श पण्डित, डा.यादव पण्डित, सचिव गौरी जोशी र प्रवक्ता डिबी क्षेत्री छन् । विवाद समाधानका लागि पूर्व अध्यक्षहरुले पनि प्रयास जारी राखेको बताइएको छ । यद्यपि एनआरएनएका सल्लाहकारहरुले संरक्षक परिषद् र अध्यक्ष पन्तले सहकार्य गरी जति सक्दो चांडो समस्याको समाधान गर्न सुझाव दिएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!