जनसम्पर्क

१४६ औँ लखन थापा स्मृति दिवस सम्पन्न

 १४६ औँ लखन थापा स्मृति दिवस सम्पन्न गुमान सिङ थापा यहि मिति शनिवार  ११ फेब्रुअरि २०२३ का दिन मगर संघ युकेले नेपालको प्रथम शहिद लखन थापा मगर को १४६ औँ स्मृतिदिवस मगर भवन  बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा  सम्पन्न गरेको छउक्त कार्यक्रममा नेपालका प्रथम  शहिद लखन थापामगरलगायत सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुको स्मृतिमा १ मिनेट मौनधारण गरिएको गरेपछि मगर संघ युकेका अधक्ष्य सीता पुनमगरले प्रथम शहिदको तस्बिरमा दिप प्रज्वलन, खादा, जल र फुलको गुच्छा अर्पण गरेका थिए I उक्त स्मृति दिवसमा  गैर आबसीय नेपाली संघ (एनआरएन) युकेका अधक्ष्य श्री प्रेम गाहामगर, जनजाती महासंघ युकेका अधक्ष्य श्री कर्म पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अधक्ष्य श्री थर्क रानामगरले आ-आफ्नो भनाइ राखेका थिए । सो कार्यक्रममा संस्थाका सचिव श्री गोमन सिङ पुनले नेपालको प्रथम शहिद लखन थापामगरको वारेमा संक्षिप्त भनाइ  राखेका थिए । कार्यक्रममा मगर संघ युकेको मगर मास्टर डिग्री तथा पीएचडी छात्रवृति कोषका नेपाल संयोजक मेजर कृष्ण कुमार आलेले  लखन थापामगरको नाममा भएका कार्यहरु जस्तै: गोर्खाको बुङ्ग कोटस्थित लखन थापा प्राथमिक बिद्यालयलाई खरिद गरिदिएको जमिन तथा लखन थापा स्मृति कोषको बारेमा जानकारी गराएका थिए भने  मगर संघ युकेले संचालन गरेको मगर मास्टर डिग्री तथा  पीएचडी छात्रवृति कोषको वारेमा समेत जानकारी दिएका थिए। मगर संघ युकेका अधक्ष्य श्रीमती सीता पुनको सभपतित्वमा संचालित कार्यक्रम संस्थाका महासचिब महासचिव गुमान सिङ थापामगरले संचालन गरेका थिए। कार्यक्रममा एन आर एन युकेका अध्यक्ष श्री प्रेम गाहा मगर, जनजाती महासंघ युके का अध्यक्ष श्री कर्मा पहाडी शेर्पा, मगर  संघ युके का संस्थापक अधक्ष्य श्री थर्क राना मगर, पुर्व अध्यक्ष मेजर कुल थापा मगर, मगर संघ युकेको मगर मास्टर डिग्री तथा पीएच डी छात्रवृति नेपालका संयोजक श्री कृष्ण कुमार आले, युएचएसवी शाखाका अध्यक्ष श्री ऋषि राम राना, शाखा सचिव श्री गणेश बुराथोकी, शाखा कोषाधक्ष्य श्री गोप सिंजाली मगर, शाखा महिला प्रमुख र उपाधक्ष्य श्रीमती धना रोका मगर र  अन्य सदस्यहरु,  उपस्थित बुवा आमाहरु, कार्यसमितिका उपस्थित सदस्यज्युहरु, सल्लाकारहरु मगर संघ युके युवा संयोजक श्री अनिल थापामगर, युवा सचिव सुश्री बिपना थापामगर, युवा सहसचिव सुश्री मेरिन पाइजामगर, युवा मिडिया पर्सन अमित राम्जालीको उपस्थिति रहेको थियो I

सरकारलाई समर्थन कायम राख्दै मन्त्री फिर्ता बोलाउने रवि नेतृत्वको रास्वपाको निर्णय

काठमाडौं ५ फेब्रुअरी २०२३। राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । आइतनबार बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति

नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढ्नु राम्रो होइन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २२ जनवरी २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा विदेशी संस्कृतिको प्रभुत्व बढिरहेको भन्दै दुःख व्यक्त गरेका छन् । आइतबार तामाङ समुदायको पर्व ल्होछारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

पुन समाज युके नेतृत्वमा मेजर गम बहादुर बुदुजा

पुन समाज युके नेतृत्वमा मेजर गम बहादुर बुदुजा चिम्खोले काईला – बेलायत। आज सनिवार ०७ जनवरी २०२३, को दिन बेलायतको बेजिङस्टोकस्थित कार्निभल हलमा पुन समाज युकेको महाधिवेशन सम्पन्न भएको छ। सो अधिवेशनबाट मेजर गम बहादुर

तमु समाज बहराइन को तमु ल्होछार / ल्होसार अहिले सम्मको सबै भन्दा भब्य

मिति २०७९ पौष १४ अर्थात २९ डिसेम्बर २०२२ राति तमु समाज बहराइन द्वारा आयोजना गरिएको “तमु ल्होसार सांस्कृतिक कार्यक्रम २०७९” भब्य र सब्य रुपमा सम्पन्न भएको थियो। बहराइन अद्लिय स्थित बाङ्साङ थाइ रेस्टुरेन्टको अडिटरिङ हलमा

साकेला उघौली-२०२२ को पावन अबसरमा हार्दिक मंगलमय शुभकामना: पदम राई

हार्दिक मंगलमय शुभकामना किरात राई जतिको महान चांड साकेला उघौली -२०२२ को पावन अबसरमा समस्त बेलायतबासी किरात राई तथा गैर किरातहरुमा सुख, शान्ति अनि उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय सुभकामना व्यक्त गर्दछु। WO1 पदम राई MBE

गुरुङ चलचित्र का पहिलो नायक प्रितम गुरुङ नुमा प्रदर्शन को लागि बेलायत आइ पुगे

२७ नोभेम्बर २०२२ (मंसिर ११ गते) गुरुङ चलचित्रका पहिलो नायक प्रितम गुरुङ, आइतबारमा गुरुङ चलचित्र‘नुमा’ प्रदर्शनका लागि बेलायत आएका हुन् । प्रितम गुरुङ, नायकमात्र नभएर गुरुङ चलचित्रका लेखक, निर्देशक र निर्मातासमेत हुन् । गुरुङ चलचित्र ‘नुमा’का

बीसीसी युके द्वारा खेन्पो केल्जङ को बिदाई : पूर्ण गुरुङ लण्डन

बीसीसी युके द्वारा खेन्पो केल्जङ को बिदाई पूर्ण गुरुङ लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले भुटानबाट बेलायत आएका खेन्पो केल्जङ्लाई एक कार्यक्रमबीच बिदाई गरेको छ । गत शुक्रबार ११ नोभेम्बरका दिन बीसीसी युकेका धर्मगुरु

कियाचु यूके र समाजसेवी नेम्वाङको पहलमा इम्बुङमा अपांगता भएकालाई राहत वितरण

पाँचथर ११ नोभेम्बर २०२२ । किरात याक्थुङ चुम्लुङ युके शाखा र एभरेस्ट टाइम्सका प्रबन्ध निर्देशक तथा समाजसेवी नगेन्द्रराज नेम्वाङको संयुक्त पहलमा पाँचथरको इम्बुङमा अपांगता भएकाहरुलाई राहत वितरण गरिएको छ । शारीरिक अशक्तता भएकाहरु पुजन चेम्जोङ,

सुश्री स्वइच्छा तिलिजा पुनमगर “मगर गट ट्यालेन्ट” को बिजयी बनिन्

सुश्री स्वइच्छा तिलिजा पुनमगर “मगर गट ट्यालेन्ट” को बिजयी बनिन् ०५ नोभेम्बर २०२२ – बेलायत। मगर संघ युकेको, युथ विभागले हरेक बर्ष संचालन गर्दै आएको “पाचौं संस्करण तथा मगर गट ट्यालेन्ट” प्रतियोगिता बेलायतको अल्डर्सटस्थित दि

मोना युथ क्लब युकेको “देउसी भैलो २०२२” भब्यरुपले सम्पन्न

बेलायत – मोना युथ क्लब युकेको देउसी भैलो कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ। सो कार्यक्रम आइतवार १६ अक्टुबर २०२२ को दिन बेलायतको अल्डर्शटस्थित एम्पायर हलमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपालबाट कलाकारहरु बिलन थापा, बिमला श्रीस,

error: Content is protected !!