एनआरएनए अध्यक्ष आचार्यद्वारा बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
लण्डन अप्रिल २० । गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आचार्यले जोन्सनको आसन्न दक्षिण एसिया भ्रमणका क्रममा नेपालपनि आउन निम्ता गरेका छन् ।


