
माघको जाडो । रत्नपार्कमा माइला दाजुको पत्रिका पसल । गणेश थान । स्टोभ बालेर भात पकाउने झन्झट त्यागेर हामी खान्थ्यौं, बफ मम ।
समुद्र सतहबाट माथि उक्लिसकेपछि जात, धर्म, संस्कार, सभ्यता बदीहाल्यो । बस, मान्छे मात्र रहें ।
तिलको अचार कोटेड गरेर दिइने त्यो अद्भूत ममको स्वाद हामी भोकाहरुका लागि एक प्रकारको राहत थियो । बडा मीठो, बफको किमा । प्रोटिनको मुहान । चनाभन्दा बढी आत्मिय । अनि ममको पैसा तिर्न सकिएन भने, गणेशथान छेउमा पत्रिका फिंजारिनु भएका माइला दाइ गुहार्थ्यौं । कविको छोरालाई रेस्क्यू गरिहाल्थे । अलि बढी कठिन भो भने, निमकान्त पान्डे, पद्म सिंह कार्की, गोपाल बुढाथोकी, किशोर श्रेष्ठ, शम्भु श्रेष्ठ, रविन सायमी कार्टुनिस्ट) र किशोर कुँवरलाई भन्थ्यौं । संकटमा साथ दिने मेरा अग्रज, अनि मित्रहरु । अनि उही ऋषि धमला थियो, उ आइहाल्थ्यो, अनि बाँकी तिरेर, कतै कालीमाटीतिर सुत्न लैजान्थ्यो ।
आरएनसी बिल्डीङमा भारतीय लाइब्रेरी रहेछ । कोर्सबुक अतिरिक्त किताब पढ्न थालें । गोर्कीको ‘आमा’ पनि पढें, प्रगति प्रकाशन मस्को । निकोलाई अस्त्रोभस्की, लेभ तोल्सतय, प्रेम चन्द, दोस्तोभस्की, रत्न पुस्तक भण्डारको ग्रिन हाउसमा, बेदान्त दर्शन पढदै थिएँ ।
गायक प्रचण्डबहादु्र बुढाथोकी (सिन्धु जलेसाका पिता)ले च्याप्प हात मिलाएर एक रुपैयाँ क्वाइन दिनु भो । गोपीरमण उपाध्यायज्यूले लेनिनका संकलित रचना अनि माओको रेड बुक, त्यो पनि १२ भोलुम दिनु भो । पढें, कनिकुथी ।
ऋषिराम भुषाल (घनश्याम भुषालका दाजु) मेरो गुरुदेवले साहित्य लेखन, कविता, निबन्ध लेख्न सिकाउनु भो । बहुत आत्मीय पात्र, अहिले सम्झिँदा पनि उदात्त श्रद्धा जाग्छ, ऋषिराम भुषाल गुरुदेवप्रति ।
म त बेहैयाको झाडीमा भोटी माछा खोज्दै हिँड्ने, केचुवा (गंडयौला) बल्छीमा उनेर । सिद्रा माछा फँसेपछि खुसी हुने ।
अमरुद (अम्बा) टिपेर खान पाएपछि खुशी हुने । बसडिलवा मेलामा ‘गोर्की पतर्की रे, मारे गुलेलवा जियरवा उड उड जाए’ सुन्दै बडहर खोज्दै, डन्डा खोला आसपासको बयरका झाडीमा स्पेटिकल कोब्रा अनि न्यूरो टक्सीन भेनमवाला करेत साँपसँग जिस्कीदै, उनीहरुलाई छल्दै आजसम्म बाँचेको ।
खाटमा रातभरी सुत्दा पनि करेतले बाइट गरेनन्, बहुत अदभूत विज्ञान छ । कोल्ड ब्लडेड सर्पहरु हामी नुन खाने वार्म ब्लडेड मान्छेलाई मन पराउँछन् । घाम लागेपछि र्याट स्नेक बाहिर निस्कनुहुन्छ, बडा लामो । डर मान्नु हुन्न । भोजन खोज्दै आउनु भएको हो, हामीलाई देखेपछि भाग्नुहुन्छ, भय उहाँसँग पनि छ र भय हामीसँग पनि छ ।
साउन र भदौ उहाँहरुको प्रणय लिलाको मौसम हो । मकै बारीमा भाले र पोथी र्याट स्नेक (तरइतिरको भाषामा धामन, नन भेनमस स्नेक) देख्नु भो भने, अलि वरै उभिएर प्रणाम गर्नुस् । डिस्टर्व नगनर्स् । हामी नाग वंश, गोपाल वंश, किराँत वंश, लिच्छवी वंश, मल्ल वंश हुँदै आजसम्म आएको हो ।
इतिहास, मिथक, किवंदन्ती, आख्यान, निबन्ध, कविता, गीत, गजल सबै हाम्रा पृष्ठभूमि हुन् । यसमाथि टेकेर मात्र हामी अगाडिको यात्रा छिचोल्ने हो ।
भय तिरोहीत होस्, आनन्द पदार्पण होस् । क्षण प्रतिक्षण भय छ, भयलाई जित्ने आम्रो आत्मा छ । बोध छ । मित्रहरु,
भूराजनीतिक अवस्था, ‘दैनिक निर्णय’, र त्यो समग्र अवस्थितिप्रति सानो कदको एउटा मान्छे पक्कै अनविज्ञ थियो ।
ज्ञानको घनिभूत दबाब आयो, समय पनि दबाबमूलक नै थियो । कलिलो मश्तिष्क, कन्फ्यूज भएँ । भौतिकवाद ठिक कि अध्यात्मबाद ?
एंगेल्सको ‘प्रकृति र विज्ञान’ पनि पढें । यो पढ्दासम्म म ‘कान्तिपुर दैनिक’मा ज्वाइन भइसकेको थिएँ ।
२०४६ सालको जनआन्दोलन, २०६२ सालको महाआन्दोलन, सबैको साक्षी भएपछि पनि मनको प्रश्नको जवाफ कसैले दिएनन् । हो, रत्नपार्कमा जनै फालेर जब बफ मम खाएँ, त्यही अलि पर रातो घर (अखिलको) छेउमा पत्रिका बिछ्याउनु भएको थियो, कुनै महिलाले (म चिन्छु उहाँलाई) र
‘रामायण एक अप्रेशन’, ब्यूटीफूल साइजको किताब रहेछ ।
मैले उभिएर एक सिटीङमै सकें ।
म गुरुदेवप्रति त्यही दिनदेखी प्रभावित भएको हो ।
धरहरा छेउमै गुरुदेवको प्रवचन केन्द्र थियो, ऋषि धमलाजीसँग गएको थिएँ । त्यो अमृत भोजन, कहाँ बिर्सन्छु र ? काँचो नरीवल, भिजाएको किसमिस, टुसा उम्रीएको चना (स्प्राउट) अनि दही । जब त्यो अमृत भोजन मेरो ठूलो आन्द्राभित्र छिर्यो, अनि ‘रामायण एक अप्रेशन’ पढें, त्यो कालदेखि गु्रुदेवको सान्निध्य खोजिरहेको छु ।
बोलाउनुस् गुरुदेव, फेवातालको किनारै किनार आउँछु । मनोक्रान्ति गर्नुछ ।
०००
म पोखरा लेक साइड पुगें । त्यो फेवा ताल, हाम्रो नोस्टाल्जीक जल छेपन ।
बाल्यकालदेखि देखेको त्यो हलन चोक, बैदाम, अनि सराङकोट । स्वामी योगी विकाशानन्दज्यूले बोलाउनु भो, ‘फेवातालको किनार छिचोल्दै माथि आउ, बरयाङ, मेरो आश्रम छ ।
बडा गाह्रो थियो । वैश्य युग । गोजीमा गाँठ नभएको मान्छे । तर, पोखरा भनेको पोखरा नै हो । फुटपाथमा एक रात सुतें, बिहानपख केदार धमलालाई कल गरें ।
केदार आयो, चना र प्याजका टुक्रा खिलायो । लोकल रक्सी (नरमवाला) आधा गिलास खाएपछि ज्यानमा आँट आयो ।
मैले सोधें, ‘पत्रकार महासंघको कार्यालय कहाँ छ ? त्यो मित्र त्रिभुवन पौडेल कहाँ छ ?’
केदारले लग्यो, पत्रकार महासंघको पोखरा कार्यालयमा ।
त्रिभुवन कतै जानुभएको रहेछ ।
आध्यात्मिक सम्मीलनको केही नियमित आकस्मीकताको पक्ष बाँकी नै थियो नि !
छेउमै थियो, ‘ओम शान्ति, ब्रम्हकुमारी राज योग’को सेन्टर ।
इन्टेस्टाइन ग्लाइन्ड बडा खरो भइरहेको थियो । ओमशान्तिकी माताजीले जल स्पर्श गराउनु भो । मैले पानी खाएँ ।
मेरो क्लासमेट राजु खड्कालाई कल गरें, त्यहींबाट, जो दमौलीमा ब्रम्हकुमार हुनुहुन्थ्यो ।
‘म गाडीमा छु् कु्सुम केहीबेरपछि कल गर्छु’, ब्रम्हकुमार राजुले भन्नु भो ।
(ब्रम्ह कुमार राजु ब्रम्हलिन भइसक्नुभएको छ, मेरो उदात्त पीडा यो पनि हो)
पानी खाएपछि म निस्के, उद्धार गर्न राराती (राजेन्द्रराज तिमल्सिना) हाजिर हुनुहुन्थ्यो । फेवा कलर ल्याबका अनरलाई एक हजार दिनुस् भनेर प्रितम मित्र राराती (नेपाल टेलिभिजनका पुराना पत्रकारं)ले भनिसकेपछि पोखराबाट बुटवल जाने गाडी चढियो ।
यो मदिरा मदको बेला पोखरा पुगेर पनि हजूरको सान्नीध्य हुन नपाएकोमा आफैप्रति खेद, अनि गुरुदेवप्रति अहोभाव प्रकट गर्छु । प्रारब्ध छ, आउँछु दुना टपरी छिचोल्दै ।
अर्बौं मान्छेहरुमा तिमी एक मनपर्ने मान्छे । हाँस…मजाले माइ डियर । यो अवसादमा, म हाँस्छु, मजाले है त ।
अहोभाव गुरुदेव । योगी विकाशानन्द । जोली फ्लेभर सदा प्रवाह गरिरहनुस्, विषाद र अवसादमा पनि म हजू्रलाई स्मरण गर्ने सामर्थ्य राखिरहौं ।
कुसुम भट्टराईको फेसबुकबाट






