३२ ट्रेनिङ पार्टी क्यूजीईका नम्बरी पार्टीको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न

SHARE:

लन्डन । ३२ ट्रेनिङ पार्टी क्यूजीईका नम्बरी पार्टीको वार्षिक भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

शनिबार २ मेईमा ठमेल रेष्टुरेण्ट एण्ड बार अल्डरसट यूकेमा वेल्स, मेडस्टोन, बर्मिङघमलगायत क्षेत्रबाट नम्बरीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा भुमर्कोट समाज यूकेका अध्यक्ष तथा मगर संघ वेल्सका अध्यक्ष जस्ता मर्यादित पदमा चयन भएका नम्बरीहरु क्रमशः दिपक गुरुङ र रुद्र रानालाई क्रेगी लगाई बधाई दिइएको थियो । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, अनिकम्युनिटी काउन्सिल अफ ब्रेकनका काउन्सिलर महादेब थापा र श्रीमतीलाई खादा लगाई बधाई दिए । सिनियर दर्जामा पुगेका नम्बरी मेजर धन चन्द र श्रीमतीलाई खादा लागाई बधाई दिएका थिए ।

कार्यक्रमलाई बढी रोचक र मनोरन्जन गराउॅनका लागि अति सुन्दरी, लोकप्रिय तथा चर्चित लोक दोहोरी गायिका तथा मिस मगर २०२३ निरा थापा मगरको सांगीतिक प्रस्तुति रहेको थियो । गुरुजी २११५८९६० भैरव गुरुङको उपस्थितिले कार्यक्रमको शोभा बढेको आभास भएको आयोजकले जनाएको छ । कार्यक्रमको लागि नेपाल जाने फ्लाईट पनि रद्द गरी आफ्नो नम्बरी ३६६९ घन शाही र बहिनीलाई धेरै धन्यवाद दिइएको छ । त्यस्तै गरी घरायसी महत्वपूर्ण कामलाई थांती राखी कार्यक्रमको लागि नेपालबाट आएका नम्बरी ३६५८ गंगा रानाप्रति पनि आभार व्यक्त गरिएको छ ।

दिनको १२ बजेबाट शुरु भएको कार्यक्रम साँझ ८ बजे समापन भएको थियो । कार्यक्रममा राम्रा राम्रा फोटो र भिडियोग्राफी नम्बरी ३६५९ गिरबगादुर गुरुङले गरेका थिए ।

परशु गुरुङले संचालन गरेको कार्यक्रममा ३६६५ टेकन्सिंग गुरुङले स्वागत मन्तव्य राखेका थिए । यो समूहको सिनियर नम्बरी ३६५४ मिन थापाको १०० वर्षीय बाबा शनिबार बिहान स्वर्गारोहण भएको दुःखद् घडीमा बाबाको आत्माको चीर शान्तिको कामना गर्दै १ मिनेट मौन धारणा पनि गरिएको थियो ।
अर्को वर्षको भेटघाट कार्यक्रम शनिबार १ मेई २०२७ मा आयोजना हुने तय गरिएको छ ।

Screenshot



SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!