कथिन दान भनेको के हो ?

SHARE:

श्रद्धेय विश्वसारद भन्ते हजुरले भन्नु हुन्छ- भगवान् बुद्ध (भ.बु.)ले भन्तेहरुलाई नियम गर्नु भएको छ । हरेक वर्षको असार शुक्ल पूर्णिमादेखि असोज शुक्ल पूर्णिमासम्म तीन महिना एकै ठाउँमा बास बसिसकेपछि असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म एक महिनाको अन्तरकालमा श्रद्धालु उपासक, उपासिकाहरु मिलेर श्रद्धाको साथ गरिने दानलाई नै कथिन दान भनिन्छ।

श्रद्धेय विश्वसारद भन्तेज्यूले कथिन दान भनेको के हो ? भन्ने प्रश्नको उत्तर दिनु हँदै श्रद्धेय आणवुध स्थविर भन्ते हजुरले भन्नु हुन्छः “अमान्तचार सब्बचार गन भोजन याव दत्थ चिवर यो च तत्थ चिवर उत्पादो” भनिने जुन भिक्षुहरुले प्राप्त गरिने ५ वटा अनिंशसहरु छन् । जुनकि कथिन अस्त्रं गरेका भिक्षुहरुले प्राप्त गरिने ५ वटा अनिशंसहरु ती अनिशंसहरुलाई “अन्तो करण समथया” नेपाली भाषाको शब्दमा भित्र राखि राख्न सामर्थ्य भएकाले वा त्यो अर्थमा स्थिर भन्ने दृध भन्ने त्यो अर्थमा कथिन हो रे भनेको मतलब कथिन अस्त्र गरेपछि जुन भिक्षुहरुले पाउने ५ वटा प्रतिफलहरु छन् । अनिशंसहरु छन् । ती ५ वटा अनिशंसहरुलाई जुन विहारमा कथिन अस्त्रंस गरिन्छ । त्यो विहार भित्र सँगसँगै जुन भगवान् बुद्धले यो प्रतिफल पाँच महिनासम्म पाइन्छ । भनेर ५ महिना समय तोकिरहनुभएको छ । त्यो भित्र राख्ने सामर्थ भएको, दृध स्वभाव भएको कारणले गर्दा खेरी कथिन भनिएको हो । त्यो हिसाबले थिरको अर्थ स्थिर अर्थ अथवा धिरको अर्थ वा सामर्थ अर्थले कथिन भनिएको हो भनेर सबभन्दा पहिला अर्थ अनि अर्को अर्थ पनि दि राखेको छ ।

यसको लागि “संग्रह ने थेन कथिने” संग्रह गर्ने अर्थमा पनि कथिन भनेर भनिएको छ रे । यो पनि भर्खर भनेका ५ वटा अनिशंसहरु “अन्यं गतगं अदतवा” अरु ठाउँमा जान दिँदैन । जुन विहारमा कथिन अस्त्रं गरिएको हो । त्यो विहारबाट बाहिर जान नदिइकन वा यसैमा थप गरेर हामीले ५ महिना पनि लेख्न सक्छौं । त्यो भित्र राखेर अरु ठाउँमा जान नदिइकन संग्रह गर्न सक्ने क्षमता वा संग्रह गर्न सक्ने भएकोले पनि कथिन भनिएको हो । त्यसको हिसाबले संग्रह अर्थ भन्ने दोस्रो अनि तेस्रो अर्थ त अझै राम्रो ! प्रशंसा भन्ने अर्थमा कथि ‘कथ’ धातुबाट लिएको छ । यो चाहिँ ‘कथि पसंस यिते कथिन’ बुद्ध आर्य पुदगल पण्डितहरुले प्रशंसा गरिएको वा गरिने हुनाले पनि यसलाई कथिन भनिएको छ ।

कथिन भनेको भगवान् बुद्धले,पुदगलहरुले प्रशंसा गर्नुहुने कथिन चिवर वा कथिन दान यतिसम्मको उल्लेख भइराखेको छ कि महापदुमा भगवान् बुद्धों पालामा कथिन अस्त्र प्राप्त गर्नु भएको धर्म सेनापति अग्रश्रावक कथिन अस्त्र रन गर्न पहिला पहिला भगवान् बुद्ध(भ.बु.)को पालामा त !अहिले जस्तो रेडिमेट तयार भइसकेको चिवर गरिने होइन । त्यति बेला त! कपडा कथिन दुस्स भनेर कथिन चिवरको लागि सिलाउनको लागि कपडा प्राप्त हुने हो । त्यसो हुनाले कथिन अस्त्र गर्नको लागि सिलाउनु पर्छ, रंग हाल्नु पर्छ । सबै गर्नु पर्छ र त्यसरी सिलाउन भ.बु. स्वयं भिक्षुहरु सबैले सिलाउनु भयो रे! भ.बु.ले के गर्नु भयो त! भन्दा सियोमा धागो हाल्दिनु भयो रे! भ.बु. सर्वज्ञाताले आफैंले पनि त्यसरी सियोमा धागो हाल्दिने काम गर्नु भयो।

किन त! भन्दा खेरी चिवर भनेको अत्यन्त महान् भएको प्रशंसनिय भएकाले गर्दा उहाँहरु शुद्ध पनि यसमा सहभागी हुनु हुन्छ वा उहाँले प्रशंसा गरिने भएकोले पनि कथिन भनिएको हो । यसमा मुख्य तीन वटा अर्थहरु दि राखेका छन् । अब कहिलेकाहीं हामीले नबुझ्दा खेरी पाली शब्द लिएर पनि कहिलेकाहीं व्यख्या गरिएको पाइन्छ । तर नेपाली शब्द कठिनभन्दा खेरी फरक छ । नेपालीको कठिन भनेको मुद्दज ‘ठ’ हो । तर यहाँ लेखिने त प्रायःदन्तत ‘थ’लेखिन्छ । कथिन भएकाले भनेर नेपाली शब्दलाई जोडेर एकदमै गाह्रो भएको कारणले जोडेर गर्दा कथिन भनिन्छ भनेर पनि कहीं कहीं भन्नमा सुनिएको छ ।

वास्तवमा त्यो अर्थ चाहिँ ग्रन्थहरुमा पाइएको छैन् । मुख्य अर्थ भनेको स्थिर स्वभावले स्थिर भन्ने अर्थमा । दोस्रो चाहिँ संग्रह गर्ने अर्थमा । तेस्रो चाहिँ प्रशंसा गर्ने अर्थमा चाहिँ कथिन भनिएको हो ।

सम्भारःआर्य मार्ग-Episode 20 युटुबबाट
संकलकः घन पुन मगर

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!