शेरबहादुर देउवालाई सभापतिमा गरेको समर्थन फिर्ता लिएको घोषणा

SHARE:

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य कूलबहादुर गुरुङले गत ०७२ फागुनमा सम्पन्न १३ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई सभापतिमा गरेको समर्थन फिर्ता लिएको घोषणा गरेका छन् ।

जारी केन्द्रीय समितिको बैठकमा आफ्नो लिखित धारणा राख्दै गुरुङले सभापतिको हसियतमा देउवाले २६ महिनाको बीचमा खेलेको भूमिकाप्रति कटाक्ष  उनलाई सभापतिमा गरेको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।

‘विभिन्न कार्यक्रम र मञ्चहरूमा पार्टी सभापति एवम् प्रधानमन्त्री हैसियत र गरिमा विपरीत विवादास्पद अभिव्यक्तिले पार्टीको लोकप्रियतामा पुग्न गएको गम्भीर क्षति लगायतको कार्यबाट १३ औँ महाधिवेशनमा उहाँलाई सभापतिमा प्रस्तावका बसेको नाताले म अत्यन्त नै मर्माहत हुन पुगेको छु’, उनले भनेका छन्, ‘ अतहः मैले देउवाजीलाई १३ औँ महाधिवेशनमा जुन विश्वास लिएर सभापतिमा प्रस्तावित गरेको थिएँ, सभापतिका हैसियतमा उहाँको करिब दुई वर्षको कार्यकाल र प्रधानमन्त्रीका हैसियतबाट उहाँले निर्वाह गरेको भूमिकाबाट आज मेरो मन अत्यन्त नै दुःखित हुन पुगेको परिस्थितिमा पार्टीको विधान र नैतिकताले के भन्छ भन्ने कुराको पर्बाह नराखी मैले १३ औँ महाधिवेशनका क्रममा विधिवत रूपमा देउवाजीलाई नेपाली काँग्रेसको सभापतिमा गरेको प्रस्तावलाई आजैका मितिबाट फिर्ता लिएको कुरा समेत यस गरिमामय कार्यसमितिको बैठकलाई दुःखपुर्वक सुनाउँदछु । ’

१३ औँ महाधिवेशनमा आफूसहित देशभरका महाधिवेशन प्रतिनिधिहरूले विश्वासका साथ मत दिएर सभापतिमा देउवा विजयी भएको भएपनि उनले त्यसको सम्मान गर्न नसकेको समेत उनले आरोप लगाएका छन् ।

कांग्रेस आफ्नो लामो इतिहासको अन्तरालमा अहिले अत्यन्त जटिल मोडमा उभिएको बताउँदै उनले स्थानीय निकायको निर्वाचनमा भएको कांग्रेसको पराजयलाई नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले समयमै गम्भिरतापुर्वक नलिई तिनै गल्ती र कमजोरीहरूलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसंग पराजय भोग्नु परेको समेत वताए ।

बैठकमा बोल्ने क्रममा अर्का केन्द्रिय सदस्य प्रदीप पौडेलले सभापति विधान भन्दा माथि नरहेको भन्दै देउवाको आलोचना गरेका थिए। पौडेलले निर्वाचन समीक्षा भनिए पनि मुख्यत दलको आमूल परिवर्तनमा जोड दिनुपर्ने बताए। माथि देखि तल्लो तहसम्म पार्टीलाई पुन संगठित गर्नुपर्ने उनले बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!