पहाड बोकेर हिँडेका पहारी

SHARE:

विजय हितान
‘मान्छे हराएको देश’ मलाई सुम्पेर आज कृष्ण पहारी म देखि हराउनु भएको छ । उक्त पुस्तकभित्र उहाँका हस्तलिखित अक्षरहरु ‘मित्र विजय हितानज्युमा सप्रेम समीक्षार्थ उपहार, २०७४–२–२९’ मैले दोहो¥याइ–दोहो¥याइ हेरेको छु त्यसभित्रका कविताहरु पढ्नेक्रममा । आफ्नो बेलायतको छोटो भ्रमणका बेला बेल्पाली साहित्यकारमाझ सद्भावनाका न्याना शब्दहरु बाँडेर आज उहाँ हामीबाट हराउनुभएको छ । साहित्यमा लाग्न अरुलाई पनि प्रोत्साहन गर्दै साहित्यिक ज्ञानको पहाड बोकेर हिँडेका पहारीजी आज पोखराथोक, पाल्पाबाट हराउनुभएको छ । समग्रमा नेपाली साहित्यको किताबबाट एक पाना हराएको छ । तर पहारीजीको कवितासंग्रह ‘मान्छे हराएको देश’ र उहाँका अन्य कृतिहरु नेपाली साहित्यिक क्षितिजबाट कहिल्यै हराउने छैनन् भन्ने मलाई लागेको छ ।

बेलायत भ्रमणपश्चात् नेपाल फर्केको छोटो अवधिमै उहाँको निधन भएको दुःखद् समाचारले बेल्पाली साहित्याआकाश धमिलो भयो । मेरा आँखाबाट आँसुका वर्षा भए उनीसँग बिताएका दिनहरु सम्झँदै । पहारीजी यहाँ हुँदा बेलाबेलामा मलाई फोन गर्नुहुन्थ्यो, मैले उहाँलाइ फोन गर्थें र लामो समय हामी साहित्यिक गफमा भुल्थ्यौं । र, अन्य केही साहित्यिक कार्यक्रममा पनि भेट हाम्रो भइरह्यो ।

यो भन्दा अगाडि कहिल्यै भेट नभएका हामी ४ जुन २०१७ का दिन लन्डनमा भेट भयौं । यो कुनै ब्यावसायिक भेट थिएन, यो कुनै राजनैतिक भेट थिएन, यो कुनै सौदाबाजीको भेट थिएन, यो कुनै गाउँले भेट पनि थिएन । थियो त, त्यो हाम्रो स्वच्छ साहित्यिक भेट ।

हामी बेल्पाली साहित्यकार गत केही वर्षदेखि लन्डनमा वातावरण साहित्य सम्मेलन गर्दै आएका छौं । पृथ्वीको प्राकृतिक वातावरण प्रदूषित हुँदै गएकोले यसलाई जोगाउन पर्छ भने सन्देश दिलाउन मलाई वातावरण साहित्य गर्न मन पर्छ । त्यसैले बेलायतमा सबै साहित्यिक संस्थाहरुलाई आबद्ध गर्दै मैले विश्व वातावरण दिवसलाई पारेर यो कार्यक्रम संयोजन गरेको थिएँ । साहित्य संगमका संयोजक विनोद अधिकारीले पहारीलाई त्यो कार्यक्रममा ल्याएर आउनुभयो । हामीले पहारीजीलाई विशेष अतिथिको रुपमा सम्मान ग¥यौं । उहाँका चोटिला मुक्तक पनि सुन्यौं । कार्यक्रमको अन्त्यमा हाम्रा कृतिहरु साटासाट ग¥यौं । मैले मेरा ‘वागमती ब्लुज’ र ‘इको उत्सर्जन’ दुई कृति उपहार चढाएँ । उहाँले’ मैले धेरै ल्याएको छैन, दुई÷चार प्रतिमात्रै छन्, हजुरलाई मात्र विशेष मित्रको रुपमा है’ भन्दै ‘मान्छे हराएको देश’ झोलाबाट झिकेर मलाई दिनुभयो । हामीले वातावरण कविताहरुको संगालो प्रकाशन गर्ने योजनामा थियौं । ‘तपाईंको बेलायत बसाइभित्र एक वातावरण कविता मलाई दिनुहोला है सङ्कलनमा राख्न’ भनेर मैले निवेदन गरेको थिएँ । नेपाल जानुभन्दा अगावै नै ‘बगरले पुरिएको फाँटजस्तै जिन्दगी’ मलाई दिनुभयो ।
त्यसको एक अंश यस्तो छ–
‘..अचेल
यो जिन्दगी
खडेरीले सुक्दै गएको
तिनाउ खोलाजस्तै लागिरहेको छ
किनारामा थुपारिएको बगरहरु
माटोमा मिसिएका बालुवाहरु
जस्तै जस्तै लागिरहेको छ
मानौ यो जिन्दगी
माटोमा मिसिएको बालुवाजस्तै हो
किनारामा थुपारिएको बगर जस्तै हो
यो जिन्दगी
खडेरीले झारेको पातजस्तै लागिरहेछ’
उनका यी शब्दहरुमा केही मात्रामा वातावरणीय भावना पोखिएका भए पनि बढी आफ्नै जिन्दगीदेखि विरक्तिएको सङ्केत पाइन्छ । सम्भवतः यो कविता उहाँको जीवनको अन्तिम सिर्जना हुनसक्छ । त्यसो हो भने, यस सिर्जनाले अब प्रकाशन हुँदै गरेको इको कविताहरुको संगालो ‘स्वच्छन्द सुसेलीहरु’ मा महत्वपूर्ण स्थान रहनेछ भन्ने मलाई लागेको छ ।
हाम्रो भेटको क्रममा ‘बाटिका लघुकथामा हामी लघुकथाहरु प्रकाशन गर्दै छौं, एउटा हजुरको पनि दिनुहोला है, म नजाँदै’ भन्नुहुन्थ्यो । अनि त मैले ‘गहिरो पहिरो’ लघुकथा दिएर पठाएको थिएँ ।
यसरी हामी साहित्यकारहरु अरु उपहार एक आपसलाई के नै दिन सक्छौं र । न त धन दिन सक्छौ, नत सुनचाँदी नै । न त होटेलमा बोलाएर टन्न भोज खुलाउन सक्छौं न त खेत जोतेर, बारी खनिदिएर, छाना छाइदिएर, भारी बोकिदिएर श्रमदान दिनसक्छौं । सक्छौं त मात्रै एक आपसमा सिर्जना र कृति साटासाट गरेर समिप हुन । यिनै साहित्यिक साटासाटीले मलाई र पहारीजीलाई छोटो समयमा नजिक बनाएको हो । हाम्रो मित्रताको जाले रुमाल यसरी बुनिएको हो । ५५ वटा सिर्जना बोकेको ‘मान्छे हराएको देश’ भित्र सामाजिक, राजनीतिक, साँस्कृतिक, आर्थिक विसंगतिका ज्वारभाटाहरु उर्लेका छन् । कुनैमा आफ्नै जिन्दगीका उकाली ओरालीका कथाव्यथाहरु बनेर खोलाजस्तै उर्लेका छन् ।
नदी र मन शीर्षक कवितामा पहारीजीको भावना यसरी बगेको छ–
‘..अचेल म
सुस्ता भएर खुम्चिँदै गएको छु
कालापानी भएर मिचिँदै गएको छु
फरक यत्ति हो
नदी पहाड बगाएर बगेको छ
म झाडापखाला भएर
जाजरकोट बगाएको छु’

‘..अचेल म
कोसी भएर फुटेको छु
जलमग्न गराएको छु तराइका फाँटहरु
फरक यत्ति हो
नदी लास बगाएर बगेको छ
म जबर्जस्ती आस बगाएर बगेको छु’
यसरी हामी दुईबीच मित्रताको पुल बन्न सफल उनको यस पुस्तक मेरो किताबहरुको दराजमा महत्वपूर्ण स्थान ओगट्ने छ । तर यो हाम्रो मित्रता दुर्भाग्यबस त्यत्ति लामो टिक्न सकेन । ४ जुन २०१७ मा गाँसिएको हाम्रो मित्रताको माला १६ डिसेम्बर २०१७ मै भौतिक रुपमा टुटेर गयो । उहाँ बाँचेको भए अझै हामी कति साहित्यिक भावनाहरु साटासाट गर्थेउँ भविष्यमा भनेर आज मलाई पछुतो लागिरहेको छ ।
यसरी स्थानीय क्षेत्रमा धेरै साहित्यिक संस्थाहरुमा आबद्ध अनि एक÷एक गजल, मुक्तक र कवितासंग्रह प्रकाशित गरिसक्नुभएका बहुआयामिक साहित्यकार मित्रलाई दैवले हरेर लगेको छ । यस्तो दुखद् घडीमा म व्यक्तिगत र हाम्रो संस्थाको तर्फबाट श्रद्धाञ्जलिका पूmलहरु अर्पण गर्न चाहन्छु । अरुलाई साहित्यमा प्रेरणा दिँदादिँदै समय नभएर होला पहारीजीका कथा, उपन्यास र अन्य विधाका ९ कृतिहरु अप्रकाशित रहेछन् । ती अधुरा सपनालाई उँहाँका परिवारले पूरा गरिदिने छन् भन्ने मैले आस लिएको छु ।

(पहारीजीको प्रथम वार्षिकी पारेर समवेदनाका केही हरफ)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!