लन्डन १९ अप्रिल २०२६ । मंगल बुद्ध बिहार यूकेले आगामी मे २ मा २६५० औं बुद्ध जयन्ती समारोह आयोजना गर्ने भएको छ ।
मंगल बुद्ध बिहार यूकेको आयोजना र मगर बुद्धिष्ट सोसाइटी यूकेको सहआयोजनामा हरो बरो फुटबल क्लबमा बुद्ध जयन्ती समारोह हुन लागेको हो ।
कार्यक्रममा त्रिरत्न बिहार धरान नेपालकी अनागारिका आभासवति गुरुमा, लन्डन माइन्ड फुलनेस मेडिटेसन सेन्टरका महास्थवीर सुमना भन्ते, मंगल बुद्ध विहार यूकेका इन्द्रसक भन्ते लगायतले धर्म देशना वाचन गर्ने मंगल बुद्ध बिहार यूकेका सहसचिब घन पुन (राजु) ले जानकारी दिए । गुरुमाले भने नेपालबाट भर्चुअलमाध्यमबाट धर्म देशना गर्नेछिन् ।
कार्यक्रम बिहान १० देखि साँझ ५ बजेसम्म हुनेछ ।
कार्यक्रमका लागि भोजनदान:प्राणीहरुलाई बाँच्नको लागि खानै पर्ने भोजन (स्वेच्छाले)
चिवरदान: भिक्षु/भन्तेहरुले लगाउनुहुने वस्त्र (£25)
अष्टपरिस्कारदान: भिक्षुको लागि अति आधारभूत आवश्यक वस्तुहरु: चिवर, पात्र, आन्दरवास, उत्तरावास, क्षौर गर्ने ब्लेड, पानी छान्ने चाल्नी, सियोधागो र औषधि (£50) र आवासदान: भिक्षुहरु बस्नको लागि विहार (स्वेच्छाले)
दान पठाइसकेपछि नाम र उद्देश्य लेख्न अनुरोध गरिएको छ । अहिलेसम्म ५० भन्दा बढी दाताहरुले दान दिइसकेको सचिव जगत आलेलेले जानकारी दिए ।







