प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसले जितको खाता खोल्यो, मुस्ताङबाट थकाली निर्वाचित

काठमाडौं ६ मार्च २०२६ । नेपालमा बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले खाता खोलेको छ । कांग्रेस उम्मेदवार योगेश गौचन थकाली मुस्ताङबाट विजय भएका हुन् । उनी अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि विजयी भएका थिए । नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा समेत रहेका उनले १ हजार ५ सय १ अन्तरले […]
नेपालमा निर्वाचन प्रारम्भिक मतगणना:५५ स्थानमा रास्वपा अगाडि

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ५५ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार हाल गणना भइरहेका स्थानमा ५५ रास्वपा, ८ कांग्रेस, ४ एमाले र नेकपा दुई स्थानमा अगाडि छ । अन्य पार्टी दुई स्थानमा रहेका छन् ।
इजरायलले गर्यो तेहरानमा भीषण आक्रमण

तेहरान ६ मार्च २०२६ । इजरायलले इरानविरुद्ध सुरु भएको युद्धलाई ‘नयाँ चरण’ मा प्रवेश गराएको बताउँदै शुक्रबार राजधानी तेहरानमा ठूलो आक्रमण गरेको खबर सार्वजनिक भएको छ । युद्ध सातौँ दिनमा पुगेको बेला दुवै पक्षबाट आक्रमण र प्रतिआक्रमण तीव्र बनेका छन् भने यसको प्रभाव मध्यपूर्वका अन्य देशहरूमा पनि फैलिएको देखिएको छ । इरानी सञ्चारमाध्यमका अनुसार शुक्रबार […]
काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने ‘दर्शना’ निर्वाचित

काठमाडौं-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु न्यौपाने ‘दर्शना’ निर्वाचित भएकी छन् । बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको शुक्रबार बिहान सार्वजनिक मत परिणाम अनुसार दर्शना १५ हजार ४ सय ५५ मतसहित विजयी भएकी हुन् । कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३ सय ६४ मत र राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९ सय […]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणामः ४० स्थानमा रास्वपा अघि

काठमाडौँ ६ मार्च २०२६ । नेपालमा प्रतिनिधिसभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार मुलुकका ४० निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । नेकपा (एमाले) पाँच, नेपाली कांग्रेस चार र नेपाली कम्युनिष्ट पार्टी एक स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।
इङ्ल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

काठमाडौँ ५ मार्च २०२६ । इङ्ल्यान्डलाई हराउँदै भारत आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको फाइनल पुगेको छ । भारतको मुम्बईस्थित वानखेडे रङ्गाशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले इङ्ल्यान्डलाई सात रनले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो । यससँगै अब फाइनलमा भारतले न्युजील्यान्डको सामना गर्नेछ । हिजो बुधबार भएको पहिलो सेमिफाइनल खेलमा दक्षिण अफ्रिकालाई नौ विकेटले पराजित […]
The Mount Everest Foundation invites the Nepalese community on “Summit, Science, and Survival” Programme

Rebecca Stephens MBE The Mount Everest Foundation (MEF) has issued a press release inviting members of the Nepalese community in London to a special event titled “Summit, Science, and Survival”. The event is scheduled to take place on Thursday, 26 March 2026 at the Royal Geographical Society, located at 1 Kensington Gore, London SW7 2AR. […]
प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग नेपाल

काठमाडौँ । निर्वाचन आयोगले आज सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । निर्वाचन सम्पन्न भएपछि आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले अहिलेसम्मको प्राप्त विवरणअनुसार करिब ६० प्रतिशत मत खसेको बताउनुभयो । उहाँले विस्तृत विवरण सङ्कलन जारी रहेको जनाउँदै छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण र […]
२० फोटोमा हेरौं नेपालको प्रतिनिधिसभा निर्वाचन [तस्बिरहरु]

काठमाडौं ५ मार्च २०२६। प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत नेपालभर उत्साहजनक मतदान भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अपराह्न ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग र प्रहरीले कुनैकुनै जिल्लामा छिटपुट घटना हुनुबाहेक शान्तिपूर्ण मतदान भएको बताएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फ ६१ वटा निर्वाचन चिह्नमा […]
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचन: मध्याह्नसम्म १८ प्रतिशत मतदान

काठमाडौँ ५ मार्च २०२६ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मध्याह्न १२ बजेसम्म करिब १८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आज बिहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा देशभरका सबैजसो मतदान केन्द्रमा मतदान जारी छ । मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ (करिब १८ प्रतिशत) मत खसेको जानकारी आयोगको प्रणालीमा प्राप्त […]
पूर्वमन्त्री हितबहादुर तामाङद्वारा नुवाकोटमा मतदान

घलेभन्ज्याङ (नुवाकोट) । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट नुवाकोट १ का उम्मेदवार एवं पूर्वमन्त्री हितबहादुर तामाङले मतदान गरेका छन् । निवर्तमान सांसद समेत रहेका तामाङले नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका-३ स्थित देवकी धरम विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार यहाँ मतदानपछि उनले सम्पूर्ण मतदातालाई आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गरे । अब […]
नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर मतदान

काठमाडौँ ५ फेब्रुअरी २०२६ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मतदान भइरहेको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो […]