नेपालमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर मतदान

काठमाडौँ ५ फेब्रुअरी २०२६ । जेनजी आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार मतदान भइरहेको छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो । यसअघि २०७४ र २०७९ सालमा निर्वाचन भएको थियो […]
जीआरएनसी यूकेले ७ मार्चमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

सोमबार, २ फेब्रुअरी २०२६ । ग्रेटर रसमोर नेपाली कम्युनिटी (GRNC) ले यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस ऐतिहासिक रूपमा बेलायतको स्थानीय निकाय, रसमोर बरो काउन्सिलसँगको संयुक्त सहकार्यमा आयोजना गर्ने भएको छ। आगामी ७ मार्च २०२६, शनिबारका दिन आल्डरसटस्थित ‘द प्यालेस’ (The Palace) मा आयोजना हुने यस कार्यक्रमको तयारीका लागि सोमबार अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा कार्यसमिति […]
नेपालमा बिहीबार हुने प्रतिनिधिसभा निर्वाचनको तयारी पूरा, प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने आयोगको तयारी

काठमाडौँ ४ मार्च २०२६ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । आयोगका अनुसार आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पु-याइसकिएको छ । सुरक्षालगायतका प्रबन्ध पनि मिलाइसकेको आयोगले जनाएको छ । भोलि हुने निर्वाचनका लागि मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैङ्गिक र अपाङ्गमैत्री व्यवस्था […]
मध्यपूर्वका नेपालीको सुरक्षाका लागि एनआरएनएले गर्यो सरकारको ध्यानाकर्षण

काठमाडौं ४ मार्च २०२६ । मध्यपूर्वमा रहेका नेपाली नागरिकहरूको सुरक्षा तथा आपतकालीन समन्वयका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो। अध्यक्ष केसीले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिले त्यहाँ रहेका प्रमुख श्रम गन्तव्य मुलुकहरूमा त्रास र […]
नेपालमा निर्वाचनको दिन आवश्यकताअनुसार आन्तरिक हवाई उडान हुने

काठमाडौँ ४ मार्च २०२६ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधिसभा सदस्यको निर्वाचनको दिन आन्तरिक हवाई उडान आवश्यकताका आधारमा सञ्चालन हुने जनाएको छ । प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरु आवश्यकताअनुसार सञ्चालन हुने र अन्तरराष्ट्रिय उडानहरु मध्यपूर्वी गन्तव्यका उडानबाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ । मध्यपूर्वी गन्तव्यको उडान सञ्चालन सम्बन्धित देशको निर्णय तथा उडान हुने […]
बेलायतमा गोर्खा कपको २४औँ संस्करण आगामी मे २४ मा हुने, फुटबल टिम दर्ता र स्टल बुकिङ ५ अप्रिलदेखि

लन्डन ३ मार्च २०२६ । बेलायतका नेपालीमाझ सबैभन्दा चर्चित मानिने गोर्खा कपको २४औँ संस्करण आगामी मे २४ तारिखमा हुने भएको छ । फुटबल प्रतियोगता अल्डरसटस्थित क्वीन्स इभिन्यू फुटबल मैदानमा हुने आयोजक आयोजक तमु धीं युकेले जनाएको छ । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङका अनुसार प्रतियोगिताका लागि आइतबार ५ अप्रिलदेखि फुटबल टिम दर्ता र ट्रेडिङ […]
मध्यपूर्वको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौँ । इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता प्रकट गरिएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियामा अर्थविद् तथा व्यवसायीले रोजगारी र आम्दानीमा दीर्घकालीन असर पर्नसक्ने औँल्याउनुभएको हो । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले […]
निर्वाचनपछि बन्ने नेपाल सरकारसँग मिलेर काम गर्न बेलायत तयार

लन्डन ३ मार्च २०२६ । संयुक्त अधिराज्य बेलायतले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार रहेको बताएको छ । काठमाडौंस्थित बेलायती राजदूतावासले मंगलबार विज्ञप्ति जारी गर्दै मार्च ५ (फागुन २१) को निर्वाचनपछि बन्ने सरकारसँग मिलेर काम गर्ने बताएको हो । नेपालमा बिहीबार देशभर प्रत्यक्ष र समानुपातिक गरी २७५ सिटका लागि चुनाव […]
६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी

इस्लामाबाद ३ मार्च २०२६ । पाकिस्तानले अफगानिस्तानसँगको जारी सीमापार युद्ध पाँचौँ दिनमा प्रवेश गरेको अवस्थामा ६७ अफगानी सुरक्षाकर्मी मारिएको दाबी गरेको छ । दक्षिणपश्चिम र उत्तरपश्चिम सीमाक्षेत्रमा मङ्गलबार बिहानदेखि तीव्र झडप भएको जनाउँदै इस्लामाबादले एक पाकिस्तानी सैनिकको पनि ज्यान गएको पुष्टि गरेको छ । पाकिस्तानका सूचनामन्त्री अत्ताउल्लाह तरारले अफगान सीमामा भएका ‘धेरै आक्रमणलाई सफलतापूर्वक विफल […]
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका स्थगन गर्न रोविन शेरचनको माग

काठमाडौँ ३ मार्च २०२६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष एवं आगामी १२औँ महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी रोबिन प्रसाद शेरचनले संघको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न माग गरेका छन् । मार्च १४ देखि १६ सम्म काठमाडौँमा तय भएको महाधिवेशनको संघारमा एक विशेष अपिल जारी गर्दै शेरचनले वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति र संस्थाभित्रको प्रक्रियागत विवादका […]
तमू कलाकार संघ नेपाल गण्डकी र मणिपाल अस्पतालबीच एमओयू

पोखरा । नेपाल मणिपाल शिक्षण अस्पताल, पोखरा र तमू कलाकार संघ नेपाल, गण्डकी प्रदेश समितिबीच ‘कर्पोरेट स्वास्थ्य परीक्षण सुविधा योजना’ अन्तर्गत आपसी सहकार्यका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर सम्पन्न भएको छ । सहमतिअनुसार, तमू (गुरुङ) कलाकार संघ, नेपालसँग आबद्ध सदस्य तथा कार्यसमितिहरूले नेपाल मणिपाल शिक्षण अस्पतालमा सुलभ, व्यवस्थित र गुणस्तरीय स्वास्थ्य परीक्षण सेवा प्राप्त […]
धनुषा–१ का रास्वपा उम्मेदवार साहको उम्मेदवारी खारेज

काठमाडौँ ३ मार्च २०२६ । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका एक उम्मेदवारको उम्मेदवारी खारेज गरेको छ । धनुषा जिल्ला निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारी दिएका किशोरी साह ‘कमल’ को उम्मेदवारी आयोगले खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा […]