बेलायतमा गोर्खा नेपाली समुदायमाथि जातीय घृणा फैलाउने र अभद्र व्यवहार गर्ने व्यक्तिप्रति सीएनसिबिजीको घोर आपत्ति

दल बहादुर बुढाथोकी लन्डन। गत १६ जुन २०२६, मंगलबारका दिन अल्डरसटस्थित म्युनिसिपल गार्डेनमा भूतपूर्व गोर्खा तथा नेपाली समुदायहरूमाथि जातीय घृणा फैलाउने उद्देश्यले एक स्थानीय व्यक्तिले “तिमीहरू किन यहाँ बसिरहेका छौ, आफ्नो देश जाओ” भन्दै गालीगलौज र अभद्र व्यवहार गरेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। पार्कमा बसिरहेका ती वृद्धहरू […]

यस्ता छन् एनआरएनएको ११५औँ आईसीसी बैठकका निर्णयहरू

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) बैठक विभिन्न निर्णय गरी सम्पन्न भएको छ । १३–१४ जुन २०२६ मा भर्चुअल माध्यमबाट अध्यक्ष डा हेमराज शर्माको अध्यक्षतामा बसेको बैठक विभिन्न निर्णय गर्दै सकिएको हो । महासचिव डा. चिरञ्जीवी खड्काले सञ्चालन गरेको उक्त बैठकको पहिलो दिन पछिल्ला तीन महिनामा भएका संस्थागत, आर्थिक र […]

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री महावीर पुन

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो पुँजीगत बजेटको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्न सुझाव […]

जातीय विभेदविरुद्ध काउन्सिल, प्रहरी र नेपाली समुदाय जिआरएनसी बीच छिट्टै उच्चस्तरीय बैठक बस्ने

बुधवार १७ जुन २०२६ – अल्डरशट बेलायत। गत १६ जुन २०२६ मा बेलायतको अल्डरशटमा गोर्खा तथा नेपाली समुदायका सदस्यहरूमाथि भएको विभेदकारी एवं जातीय भेदभावपूर्ण व्यवहारको घटनाप्रति ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जिआरएनसी) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। जिआरएनसी ले उक्त दुःखद घटनाको जानकारी तत्काल सम्बन्धित स्थानीय काउन्सिल तथा प्रहरी प्रशासनलाई गराइसकेको छ। प्रशासनको तर्फबाट अन्तरिम […]

बेलायत निवासी दीप गुरूङ र भगवती गुरुङको परिवारबाट नेपाल बौद्ध गुम्बालाई १ लाख ११ हजार सहयोग

लन्डन । बेलायत निवासी दीप गुरूङ र भगवती गुरुङको परिवारबाट नेपाल बौद्ध गुम्बालाई १ लाख ११ हजारभन्दा बढी सहयोग भएकोछ । धरानमा निर्माणाधीन गुम्बाका लागि दीप दम्पतीले एक लाख एघार हजार एक सय एघार रुपैयाँ मात्र प्रदान गरेका नेपाल बौद्ध गुम्बा, गुरूङ सेवा समिति धरान-१८ ले मंगलबार जनाएको छ । निर्माणधीन गुम्बाको तीन वटा मूर्तिका […]

‘सुन्दर म्याग्दी’ पुस्तक सार्वजनिक

काठमाडौँ । वरिष्ठ पत्रकार अमर बानियाँको म्याग्दीका गन्तव्यहरू, पदमार्गहरू, सांस्कृतिक सम्पदाहरू, चाडपर्व, होमस्टे, जैविक विधितालगायतलाई समेटेर तयार पारिएको पुस्तक ‘सुन्दर म्याग्दी’ सार्वजनिक गरिएको छ । ‘धौलागिरि पर्यटन विकास परिषद् र बेनी समाज काठमाडौं’द्वारा नेपाल पर्यटन बोर्डको सभाहलमा आज आयोजना गरिएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, नेपाल सरकारका पूर्वमुख्य सचिव तथा पूर्वराजदूत […]

‘आफ्नो देश फर्केर जाऊ’ भन्दै बेलायतमा पूर्व गोर्खा वृद्धवृद्धामाथि हातपात

लन्डन । बेलायतको अल्डरसटस्थित म्युनिसिपल पार्कमा मंगलबार दुई भूतपूर्व गोर्खा वृद्ध र एक वृद्धामाथि आक्रमण भएको छ। एक स्थानीय गोरा वर्णका व्यक्तिले ‘आफ्नै देश फर्केर जाऊ’ भन्दै गालीगलौज गरी पीडितमाथि हातपात गरेका ग्रेटर रश्मोर नेपाली कम्युनिटीका उपाध्यक्ष डा. विशाल गुरुङले जनाए । घटनास्थलमा रहेका दुई नेपाली युवा–युवतीले बचाउको प्रयास गर्दै भिडियो खिच्न खोज्दा आक्रमणकारीले उनीहरूको […]

चलचित्र ‘क्याप्टेन साब’को सकियो छायांकन

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो । पहिलो चरणको छायांकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायांकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायांकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो । दीपेन्द्र के खनालले निर्देशन रहेको […]

विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने

बेइजिङ । चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् । “चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख […]

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न समूह ‘आई’को खेलमा फ्रान्सले सेनेगलाई ३–१ गोल अन्तरले पराजित गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा भएको खेल पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवैतर्फबाट कूल चार गोल भए । खेलको ६६औँ मिनेटमा फ्रान्सका लागि किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाए भने खेलको […]

पत्रकार महासंघ युकेको बैठक सम्पन्न १० जुलाइ २०२६ मा स्थापना दिवस मनाउने

मंगलवार १६ जुन २०२६ – बेलायत। नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाको बैठक जुम मार्फत सम्पन्न भएको छ। उक्त बैठकमा पत्रकार महासंघ युकेले हालै सम्पन्न गरेको वेल्स भ्रमणका बारेमा गहिरो समीक्षा गरिएको छ। त्यस्तै, आगामी शुक्रबार १० जुलाई २०२६ का दिन आयोजना हुने स्थापना दिवस मनाउने तयारी तथा त्यसका लागि तोकिएका जिम्मेवारीहरूका बारेमा व्यापक छलफल […]

error: Content is protected !!