नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छः मन्त्री महावीर पुन

SHARE:

काठमाडौँ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नवप्रवर्तनका क्षेत्रमा लगानी गरेर देशको अर्थतन्त्रमा सुधार गर्न सकिने बताउनुभयो ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले आ–आफ्नो पुँजीगत बजेटको एक प्रतिशत रकम विज्ञान तथा नवप्रवर्तन विकासमा विनियोजन गर्न सुझाव दिनुभयो ।

‘इनोभेटिभ आइडिया’ भएको जनशक्तिलाई सिर्जनात्मक कार्य गर्न उपयुक्त वातावरणसहितको स्रोतसाधन उपलब्ध गराउनु नै नवप्रवर्तन भएको बताउँदै मन्त्री पुनले विगतमा अनुसन्धान गर्ने अनि कागजमा थन्क्याउने मात्रै काम भइरहेको धारणा व्यक्त गर्नुभयो ।

सरकारले औद्योगीकरण र अर्थतन्त्रमा सुधारमा जोड दिने बताउँदै उहाँले बजेटको एक प्रतिशत रकम विनियोजन अहिलेको लागि पर्याप्त रहेको विचार व्यक्त गर्नुभयो । नवप्रर्वतन प्रभावकारी बनाउन सबैको सहकार्य र सहयोग आवश्यक रहेको बताउँदै मन्त्री पुनले भन्नुभयो, “विज्ञान तथा नवप्रवर्तनका विषयमा कार्य सुरु गर्न यससँग सम्बन्धित कानुन, ऐन तथा नीति बनाउनुपर्नेछ ।”

नवप्रर्वतनसँगसम्बन्धी विभिन्न विधागत नौ वटा नियमावली बनाउने तयारी भएको पनि उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विज्ञान तथा प्रविधि तथ्याङ्क ऐन, नेपाल सरकारको कार्यविभाजन नियामावली २०८३ को नियामावलीलाई आधार मानेर मन्त्रालयसँग सम्बन्धित नौ वटा नियमावली बनाउने तयारी रहेको छ ।

मन्त्री पुनले भन्नुभयो, “विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन २०८३, विज्ञान ऐन, आणविक ऊर्जा ऐन, राष्ट्रिय अनुसन्धान तथा विकास ऐन, आणुविक ऊर्जा ऐन, जैविक सुरक्षा तथा जैविक प्रविधि ऐन, रासायनिक पदार्थ व्यवस्थापन ऐन, वैज्ञानिक मापन तथा मेट्रोलोजी ऐन, विज्ञान तथा प्रविधि तथ्याङ्क ऐनलगायत विभिन्न आवश्यक ऐन ल्याउने योजना छ ।” उहाँले मन्त्रालयको कार्य प्रभावकारी बनाउन सर्वप्रथम पूर्वाधार निर्माण र कानुन तर्जुमा आवश्यक रहेको बताउनुभयो ।

नेपाल जस्तो विकासोन्मुख देशले नवप्रवर्तनमै जोड दिनुपर्ने धारणा राख्दै मन्त्री पुनले भन्नुभयो, “यसले युवाले स्वदेशमै रोजगार पाउँछन् । देशको अर्थतन्त्र वृद्धि हुन्छ ।”

मन्त्री नवप्रवर्तनका विषयमा नेपालका उद्योगपतिले बुझ्न आवश्यक देखिएको धारणा व्यक्त गर्नुभयो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!