बीसीसी युकेले २५७० औं बुद्ध जयन्ती मनाउँदै

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले धार्मिक पूजापाठ सहित २५७० औं बुद्ध जयन्ती मनाउने भएको छ । आउँदो मे १ शुक्रबारका दिन अल्डरसटस्थित एम्पायर हलमा विविध कार्यक्रमका साथ मनाउन लागिएको हो । काठमाण्डौं बौद्धस्थित सेचेन गुम्बाका श्रद्धेय खेन्पो गुरु संगय फुन्टशोक शेर्पाको बिशेष उपस्थितिमा मनाउन लागिएको उक्त बुद्ध जयन्ती समारोहमा लण्डनस्थित नेपाली दूतावासका प्रतिनिधि, […]
बेलायतको अल्डरसटबाट बेपत्ता नेपाली महिला सकुशल भेटिइन्

लन्डन । बेलायतको अल्डरसटबाट सम्पर्कविहीन भएकी नेपाली वृद्धा महिला फेला परेकी छन् । २१ अप्रिल अबेर राति उक्त महिलालाई प्रहरीले भेट्टाएको हो । महिला भेट्टिएको जानकारी गराउँदै जीआरएनसी च्यारिटीले प्रहरी, सन्देश सेयर गर्नेलगायत सबैलाई धन्यवाद दिएको छ । ८१ वर्षीया वृद्धा अल्डरसट हाइस्ट्रिट एरियाबाट २० अप्रिलमा सम्पर्कविहीन भएकी थिइन् । महिला करिब पाँच फिट उचाइ, […]
गृहमन्त्री सुदन गुरुङको राजीनामा

सुदन गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका छन् । उनको राजीनामा सन्देश जस्ताको तस्तैः म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु। मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा […]
नेपालका गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौँ । नेपालका गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । गत २०८२ चैत १३ गते नियुक्त भएका गृहमन्त्री गुरुङले बुधबार सामाजिक सञ्जालबाट राजीनामा दिएको घोषणा गगरेका हुन् । ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृहमन्त्री […]
परिवर्तन [कविता]

सदियौंदेखि अहिलेसम्म इतिहासका पानाहरूमा आँशुका धेरै दागहरू छन् चिथोरिएका घाउहरू छन् नारीका दब्बिएका स्वरहरू, धेरै कथा, व्यथाहरू छन् गलाभित्रै थुनिएर निसासिएका चित्कार र सुस्केराहरू छन् तर… आज समय फेरिएको छ यद्यपि प्रश्न उही बाँकी छ र सबैको अगडि तेर्सिएको छ छोरा- छोरी दुवैलाई साँचो रुपमा समान बनाउन र साँचो अर्थमा भन्ने हो भने अब दोस्रो […]
एनआरएन प्रवक्ता र सांस्कृतिक संस्थानका महाप्रबन्धकबीच महत्वपूर्ण छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता तथा पर्यटन प्रवर्द्धन समितिका संयोजक सोमनाथ सापकोटाले सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनसँग भेट गरेका छन् । महाप्रबन्धक पुन र एनआरएनए प्रवक्ता सापकोटाबीच बुधबार संस्थानको कार्यालयमा भेटवार्ता भएको हो । भेटमा नेपालको गौरवशाली संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै “अतिथि देवो भव:” को मूलभावका साथ विदेशी नागरिकलाई नेपाल भ्रमणतर्फ […]
युद्धविरामको बावजुद लेबनानमा इजरायली आक्रमण जारी

बेरुत । युद्वविरामको वावजुत दक्षिणी लेबनानका निभिन्न क्षेत्रहरूमा इजरायली हवाई आक्रमण जारी रहेको जनाइएको छ । आक्रमण खियाम, मेस अल जबल र बेइट लाइफ लगायतका सहरहरूलाई लक्षित गरी भएको जनाइएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सीले खियाम सहरको अल जल्लाहिया क्षेत्रमा आगोको मुस्लो र चर्को आवाजमा इजरायली सेनाले विस्फोट गराएकोको जनाएको छ । इजरायली सेनाले […]
नुवाकोटकी भगवती राईको उपचारका लागि आर्थिक सहयोगको अपिल

घलेभन्ज्याङ । नुवाकोट जिल्लाको चौघडा–४ निवासी भगवती राई गम्भीर स्वास्थ्य समस्याबाट पीडित भएपछि उनको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ। हाल उनको खुट्टाको शल्यक्रिया सम्पन्न भइसकेको छ भने मिर्गौलासम्बन्धी समस्या, फोक्सोले राम्रोसँग काम नगर्ने, शरीरमा PCO2 बढ्ने तथा मुटुको धड्कन अत्यधिक बढ्ने जस्ता जटिल समस्या देखिएको परिवारले जनाएको छ। उपचार सुरु भएको करिब एक […]
किरात याक्थुङ चुम्लुङ यूकेले आउँदो ११ जुलाईमा सिसेक्पा तङ्नाम मनाउने

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेले आउँदो ११ जुलाई २०२६ मा सिसेक्पा तङ्नाम मनाउने भएको छ । केवाईसी यूके चुम्लुङदेन याल्डिङ मेडिस्टोन केन्टमा सिसेक्पा तङ्नातथा म वार्षिक भेटघाट २०२६ हुने अध्यक्ष कमला लिम्बूले जानकारी दिएकी छन् । उनका अनुसार कार्यक्रममा याक्थुंग/लिम्बु तथा गैर याक्थुङ/लिम्बु समुदाय सबैलाई आमन्त्रण गरिएको छ । कार्यक्रममा लिम्बु समुदायको मौलिक संस्कार, […]
स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा घुम्ती विशिर सञ्चालन गर्दै नेपाली दूतावास लन्डन [सूचनासहित]

लन्डन । नेपाली राजदूतावास लन्डनले स्कटल्याण्ड र प्रेस्टन क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको सुविधाका लागि राहदानी तथा कन्सुलर सेवा शिविर आयोजना गर्ने भएको छ । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड र नेपाली समाज प्रेस्टनको समन्वयमा आगामी ३ र ४ मे २०२६ मा शिविर सञ्चालन गरिन लागेको हो । शिविर प्रेस्टन र आसपासका क्षेत्रहरू जस्तै म्यानचेस्टर, लिभरपुल, कार्लिस […]
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा समिति गठन हुँदै,१६ मेमा भेला

लन्डन । हर्कराज राई ‘साम्पाङ’ नेतृत्वको श्रम संस्कृति पार्टीको यूकेमा अन्तरिम समिति गठन गरिने भएको छ । अन्तरिम समिति गठनको उद्देश्यसहित आगामी १६ मे २०२६ मा अल्डरसटस्थित एम्पायर हलको दोस्रो तलामा श्रम संस्कृति समर्थक यूके प्रारम्भिक भेला आयोजना गरिने भएको हो । भेला संयोजन राम इजमले गर्नेछन् । भेला बिहान ११ देखि साँझ ५ बजेसम्म […]