बेलायतको अल्डरसटबाट बेपत्ता नेपाली महिला सकुशल भेटिइन्

SHARE:

लन्डन । बेलायतको अल्डरसटबाट सम्पर्कविहीन भएकी नेपाली वृद्धा महिला फेला परेकी छन् ।

२१ अप्रिल अबेर राति उक्त महिलालाई प्रहरीले भेट्टाएको हो । महिला भेट्टिएको जानकारी गराउँदै जीआरएनसी च्यारिटीले प्रहरी, सन्देश सेयर गर्नेलगायत सबैलाई धन्यवाद दिएको छ ।

८१ वर्षीया वृद्धा अल्डरसट हाइस्ट्रिट एरियाबाट २० अप्रिलमा सम्पर्कविहीन भएकी थिइन् । महिला करिब पाँच फिट उचाइ, सेतो कपाल र लामो कालो ज्याकेट लगाएकी थिइन् । बेपत्ताको नाम र ठेगाना खुलाइएको थिएन ।

वृद्धा महिला बेपत्ता भएपछि आफन्तसहिन बेलायतवासी नेपाली समुदाय चिन्तित बनेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!