नुवाकोटको घ्याङ्स्वाँरामा बागमती प्रदेश वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

घलेभन्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिकाको घ्याङ्स्वाँरामा बागमती प्रदेश वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ । “खेलकुदको विकास, पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ घलेभन्ज्याङ खेलकुद समिति पञ्चकन्या-३ नुवाकोटद्वारा आयोजित २०८३ जेठ ३० देखि असार १ गतेसम्म प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा पञ्चकन्या ४ ‘ए’ च्याम्पियन बनेको छ भने द्वितीय स्थान आयोजक टिम पञ्चकन्या […]

विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ भन्छन् – ‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’

काठमाडौँ । कटनको सेतो सर्टमा जुटको टालो टाँसिएको छ । सियो धागोले सिलाएको उक्त टालो खैरो रङको छ । टालेको सर्ट लगाएर विश्वप्रसिद्ध फेशन डिजाइनर प्रवल गुरुङ आफ्नो पुस्तक ‘वक लाइक अ गल्स’ को हस्ताक्षर कार्यक्रममा उपस्थित हुनुभयो । पुस्तकको चर्चा जति थियो, उत्तिकै उहाँले लगाउने पहिरनले पाठकको ध्यान खिचेको थियो । खासगरी नेपाली समाजमा […]

इथियोपियामा भीषण बस दुर्घटना : कम्तीमा २८ जनाको ज्यान गयो,धेरै यात्रु घाइते

इथोपिया । उत्तरी इथियोपियामा सोमबार भएको दर्दनाक बस दुर्घटनामा कम्तीमा २८ जनाको ज्यान गएको छ भने अन्य धेरै यात्रु घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । बस सडकबाट चिप्लिएर गहिरो खोलामा खस्दा ठूलो मानवीय क्षति भएको हो । अम्हारा क्षेत्रको डेसी सहरबाट राजधानी आदिस अबाबातर्फ जाँदै गरेको बस करिब १०० मिटर (३३० फिट) गहिरो खोलामा […]

स्मृतिमा कुबेरसिं नेम्बाङ : गोर्खा सैनिकदेखि समाजसेवाको प्रेरणादायी यात्रा

मानिस जन्मन्छ, बाँच्छ र एक दिन यस संसारबाट बिदा हुन्छ। तर केही व्यक्तित्व यस्ता हुन्छन्, जसले आफ्नो जीवनलाई केवल व्यक्तिगत सुख–दुःखमा सीमित नराखी राष्ट्र, समाज र मानवताको सेवामा समर्पित गर्छन्। त्यस्ता व्यक्तित्वहरूको शारीरिक उपस्थितिको अन्त्य भए पनि उनीहरूको कर्म, आदर्श र योगदान सधैं जीवित रहिरहन्छ। स्वर्गीय स्टाफ सार्जेन्ट कुबेरसिं नेम्बाङ त्यस्तै दुर्लभ व्यक्तित्वमध्ये एक हुनुहुन्थ्यो […]

ठेकेदारमाथि रास्वपा सरकारका मन्त्री लम्सालको आक्रोश – ‘काम नगरे खुट्टा भाँच्दिनू’

काठमाडौं । रास्वपा नेतृत्वको नेपालका सरकारका पूर्वाधारमन्त्री सुनील लम्सालले काम नगर्ने ठेकेदारलाई खोजेर ल्याएर खुट्टा भाँचेर भए पनि काम लगाउन निर्देशन दिएका छन् । निर्माणाधीन नागढुंगा–मुग्लिङ सडक आयोजनाको आइतबार स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले सडकमा रहेको बिजुलीको पोल हटाउन ढिला गर्ने ठेकेदारप्रति आक्रोश व्यक्त गरेका हुन् । अनुगमनका क्रममा धादिङका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख […]

हर्मुज जलघाँटीमा सुरक्षित र स्वतन्त्र जलयातायात पुनःस्थापित हुनुपर्नेमा बेलायती प्रधानमन्त्री किर स्टार्मरको जोड

लन्डन । बेलायती प्रधानमन्त्री किर स्टार्मरले हर्मुज जलघाँटीमा सुरक्षित र स्वतन्त्र जलयातायात पुनःस्थापित हुनुपर्नेमा जोड दिएका छन् । अमेरिका र इरानबीच शान्ति सम्झौता तथा सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि प्रधानमन्त्री स्टार्मरले यस्तो प्रतिक्रिया जनाएका हुन् । उनले बेलायत समुद्री खानी हटाउने कार्यमा सहयोग गर्न तयार रहेको बताउँदै इरानले कहिल्यै आणविक हतियार […]

नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईद्वारा साल्पा-सिलिचुङ/सिलिछोलाई ५ लाख २ हजार सहयोग

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले साल्पा-सिलिचुङ/सिलिछोलाई ५ लाख २ हजार ३ सय ४४ रुपैयाँ सहयोग गरेका छन् । किरात राई यायोक्खा बेलायतका निवर्तमान अध्यक्षसमेत रहेका राई र आयुष्मा कोयी राई दम्पतीले पूर्वप्रतिबद्धताअनुसार किस्तामा दान भेटी उपलब्ध गराएको साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले जनाएको […]

‘डा महावीर पुनलाई जिताऊ अभियान’का अभियन्ताहरुले दिए मन्त्री डा.पुनलाई बधाई तथा शुभकामना

योग फगामी। म्याग्दी । गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा गठन भएको ‘डा महावीर पुनलाई जिताऊ अभियान’का अभियन्ताहरुले नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा महावीर पुनलाई बधाई तथा शुभकामना दिएका छन् । अभियानमा संलग्न स्वतन्त्र व्यक्तिहरुले शुक्रबार सिहदरबारस्थित मन्त्रालय पुगेर मन्त्री पुनलाई बधाई र शुभकामना दिएका हुन् । साथै म्याग्दीको रघुगंगा गाउँपालिकाको गत वर्षको आर्थिक […]

एनआरएनएद्वारा संरक्षक परिषद् घोषणा, पूर्वअध्यक्ष घलेद्वारा परिषद्मा बस्न अस्वीकार

लण्डन । गैर आवासी नेपाली संघ, अन्तर्राष्ट्रय समन्वय परिषद्को दोस्रो बैठकले संरक्षक परिषद् घोषणा गरेको छ । जुन १३ र १४ मा संचालन एनआरएनए आईसीसी बैठकले संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, महेशकुमार श्रेष्ठ, डा. बद्री केसी र एनआरएनएका परिकलपनाकार भिम उदास रहेको संरक्षक परिषद् घोषणा गरेको हो । परिषद् घोषणा अगावै अध्यक्ष डा. […]

error: Content is protected !!