नुवाकोटको घ्याङ्स्वाँरामा बागमती प्रदेश वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न

SHARE:

घलेभन्ज्याङ । नुवाकोट पञ्चकन्या गाउँपालिकाको घ्याङ्स्वाँरामा बागमती प्रदेश वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

“खेलकुदको विकास, पर्यटनको प्रवर्द्धन” भन्ने मूल नाराका साथ घलेभन्ज्याङ खेलकुद समिति पञ्चकन्या-३ नुवाकोटद्वारा आयोजित २०८३ जेठ ३० देखि असार १ गतेसम्म प्रतियोगिता सञ्चालन भएको हो । प्रतियोगितामा पञ्चकन्या ४ ‘ए’ च्याम्पियन बनेको छ भने द्वितीय स्थान आयोजक टिम पञ्चकन्या ३ ‘ए’ले ओगट्न सफल भएको छ । प्रतियोगितामा धादिङको मनकामना टिमले तृतीय स्थान प्राप्त गर्न सफल रह्यो ।

प्रथम हुने टीमले ट्रफी, मेडल र प्रमाणसहित ४० हजार, दोस्रोले ३० हजार र तेस्रोले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजयी टिमलाई प्रमुख अतिथि पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङलगायतले पुरस्कार वितरण गरे ।

भलिबल प्रतियोगिता उद्घाटन र समापन पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रममा विशिष्ट अतिथि पञ्चकन्या गाउँपालिका उपाध्यक्ष विमला केसी, ३ नं वडाका वडाध्यक्ष रामबाबु पराजुली, पञ्चकन्या गाउँपालिकाका प्रशासन शाखा प्रमुख सुरेन्द्र खड़का, रोजगार शाखाका संयोजक सरोजकुमार खाती, स्वास्थ्य तथा सरसफाइ शाखामा कार्यरत नारायण थापा, पञ्चकन्या ३ वडाका वडा सचिव केदारनाथ खनाल,रोजगार सहायक तथा सप्तकन्या आविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र लामा, पञ्चकन्या ३ पशु सेवा केन्द्रका इन्चार्ज तथा देवकी धरम आविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश तामाङ तथा शिक्षक, बुद्धिजीवी, समाजसेवी, खेलप्रेमी दर्शक तथा स्थानीयको उपस्थिति थियो ।

कार्यक्रमको अध्यक्षता गरेका सुरज तामाङले सहभागी सबै टिम र कार्यक्रमलाई सफल पार्न सहयोग दिने सबैमा धन्यवाद व्यक्त गरे । सुसाङ तामाङले सञ्चालन गरेको कार्यक्रममा अफिसियल टिम संयोजन विक्रम थापा, शैलेन्द्र शाह, ज्ञानेन्द्रजङ्ग शाह, दिपकुमार श्रेष्ठलगायतले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!