सांसद एलेक्स बेकरले उठाइन् बेलायती संसद्मा भूपू गोर्खामाथिको आक्रमणको घटना

लन्डन । बेलायतको अल्डरसट क्षेत्रका लागि लेबर पार्टीका सांसद एलेक्स बेकरले भूपूगोर्खामाथिको आक्रमणको विषय बेलायती संसद्मा उठाएकी छन् । नेपालका लागि सर्वदलीय सांसद समूहकी नेता समेत रहिसकेकी बेकरले गत साता अल्डरसटको म्युनिसिपल गार्डेनमा भएको जातीय घृणा प्रेरित आक्रमणको विषय संसदंमा उठाएकी हुन् । ‘यो हप्ता, जब हामी हाम्रो देशको सेवा गरेका र गरिरहेका व्यक्तिहरूलाई सम्मान […]
नेपाली कांग्रेसका सभापतिलाई सम्राट गुरुङको खुला पत्र

आदरणीय सभापति Gagan Thapa ( Gagan Thapa Secretariat , Gagan Thapa : Energy with Experience )ज्यू, नमस्कार। जय नेपाल। हिजो राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन समारोहमा यहाँको उपस्थिती र मन्तव्य सुन्दा हामीजस्ता लोकतन्त्रप्रेमी नेपाली तथा रुखको छहारीमा हुर्केका कांग्रेसी परिवारलाई नेपाली कांग्रेसप्रति पुनः गर्वको अनुभूति भयो। विशेष महाधिवेशनपछिको नेतृत्वप्रति हामीमा आशा र अपेक्षा अझ बलियो बनेको […]
मुक्तक प्रतिष्ठान बेलायतले २७ जुनमा ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’ आयोजना गर्ने

लन्डन । मुक्तक प्रतिष्ठान बेलायत शाखाले यही २७ जुनमा ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’ आयोजना गर्ने भएको छ । नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यतामा मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक सन्ध्या गर्न लागेको हो । कार्यक्रम जुन २७ गते,शनिबार दिउँसो ४ बजे जुम हलमार्फत हुन् मुक्तक प्रतिष्ठान बेलायतकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिमा केसी प्रवासीले […]
कविता : अस्तित्व

ओह ! म त आजसम्म भ्रममा बाँच्दै रहेछु त्यसैलाई सत्य ठानेर आफ्नो निर्मल हातहरूले जीवनको क्यानभासमा सुनौलो रङ्गले सिंगार्दै रहेछु असत्यले सत्यको खोल ओढेर चेतनाले आफ्नै छायाँसँग सम्झौता गरेको भ्रमको खेल छातीमा लगाएर हाँस्दै रहेछु । मैले भोगेका भ्रमहरू यी मेरा आँखाले देखेका दृश्यहरू मात्र थिएनन् बरु ती त मेरो विश्वासले अर्जेका संरचनाहरू थिए । […]
बेलायतमा एकैदिन घट्यो सुन तोलामा ४० पाउन्ड

लन्डन । बेलायतमा एकैदिन सुन तोलामा ४० पाउन्ड घटेको छ । नेप्लिज ज्वेलर्स एसोसिएसनका अनुसार मंगलबार प्रतितोला १३ सय ४० पाउन्ड रहेको सुनको भाउ बुधबार १३ सय पाउन्डमा ओर्लिएको हो । चाँदीको मूल्य भने यथावत् रहेको छ । चाँदी प्रतितोला ४० पाउन्डमा कारोबार भइरहेको एसोसिएसनले जनाएको छ ।
पूर्वब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको नेपालमा अन्त्येष्टि, शवयात्रामा नौमती बाजा

लन्डन । बेलायतमा निधन भएका पूर्वब्रिटिस गोर्खा कुवेरसिङ नेम्बाङको परम्पराअनुसार नेपालमा अन्त्येष्टि गरिएको छ । सोमबार २२ जुनमा कुवेरसिङको जन्मस्थान पाँचथरको फाल्गुनन्द गाउँपालिका २ इम्बुङमा निर्मित चिहान घरमा राखिएको हो । कुवेरसिङले तीन वर्षअघि नै १३ लाख हाराहारीमा खर्च गरेर चिहान घर बनाएका थिए । कुवरसिङको अन्त्येष्टिको बखत स्थानीय र इस्टमित्रको बाक्लो उपस्थिति थियो । […]
डायमण्ड बुद्धिस्ट सेन्टरकॊ १० औं वार्षिकॊत्सव लन्डनमा धुमधामका साथ सम्पन्न

लन्डन । डायमण्ड बुद्धिस्ट सेन्टरकॊ १० औं वार्षिकॊत्सव लन्डनमा धुमधामका साथ सम्पन्न भएको छ । प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा २१ जुन २०२६मा सेन्टरको १० औं वार्षिकॊत्सव सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार यॊगेश गुरुङले संयॊजन गरेका थिए । कार्यक्रमस्थलमा मूलगुरू खेन रिम्पॊचे शिरलामा गुरुङकॊ आगमनमा पाशा पुचः यूकेका धिमेबाजा समूहले […]