डायमण्ड बुद्धिस्ट सेन्टरकॊ १० औं वार्षिकॊत्सव लन्डनमा धुमधामका साथ सम्पन्न

SHARE:

लन्डन । डायमण्ड बुद्धिस्ट सेन्टरकॊ १० औं वार्षिकॊत्सव लन्डनमा धुमधामका साथ सम्पन्न भएको छ ।

प्लमस्टिडस्थित एसियन कम्युनिटी सेन्टरमा २१ जुन २०२६मा सेन्टरको १० औं वार्षिकॊत्सव सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई संस्थाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार यॊगेश गुरुङले संयॊजन गरेका थिए । कार्यक्रमस्थलमा मूलगुरू खेन रिम्पॊचे शिरलामा गुरुङकॊ आगमनमा पाशा पुचः यूकेका धिमेबाजा समूहले हलभित्र स्वागत गरेका थिए । स्वागतकै क्रममा सबै श्रद्दालु भक्तजनहरूले गुरुलाई खादा चढाएर आशीर्वाद ग्रहण गरेका थिए।

अध्यक्ष चन्द्रप्रसाद गुरुङकॊ अध्यक्षतामा सम्पन्न कार्यक्रमकॊ प्रमुख आतिथ्य मूलगुरू खेन्पॊ शिरलामा गुरुङले गरेका थिए । तमु धीं यूके, तमु समाज यूकेलगायत दर्जनौं संघसंस्थाहरूका अध्यक्ष, प्रतिनिधि, डीबीसी यूकेका ट्रस्टीहरू, आजीवन सदस्यहरूसहित सयौं पाहुनाहरूकॊ उपस्थिति रहेकॊ थियो ।

संस्थाका महासचिव बिजय बज्रचार्यले औपचारिक कार्यक्रमकॊ शुरुआतमा सबैलाई आसनग्रहण गराएपश्चात् बेलायतकॊ नियम अनुसार स्वास्थ्य सुरक्षाबारे सम्बॊधन गरेका थिए । प्रारम्भमा खेन्पॊ रनबहादुर गुरङ सहितकॊ आमाप्रमुख सारादेवी गुरुङ संस्थाका आमा समूहले अष्टमङ्गल प्रार्थना गरेर हललाई दिव्यता प्रदान गरेकॊ थियॊ । मूलगुरू, संरक्षक, अध्यक्षलगायत अतिथिहरूबाट द्वीप प्रज्वलन गरेर कार्यक्रम प्रारम्भ गरिएकॊ थियॊ ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मिमकाजी गुरुङले राखेका थिए । शुभकामना मन्तव्य दिनेहरूमा क्रमशः आमा प्रमुख सारादेवी गुरुङ, निवर्तमान अध्यक्ष तथा आमा प्रमुख शर्मिला हिराचन, संस्थापक उपाध्यक्ष तथा आमा प्रमुख मिना गुरुङ, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख सल्लाहकार राम गुरुङ, तमु समाज यूकेकी अध्यक्ष बिन्दु घले रहेका थिए ।

उक्त अवसरमा संरक्षक सुमलकुमार गुरुङकॊ सम्पादनमा प्रकाशित स्मारिका “त्रिरत्न” मूलगुरु खेन्पॊ शिरलामा गुरुङलगायत संस्थाका शीर्ष पदाधिकारीहरूबाट लॊकर्पण गरिएकॊ थियॊ । लॊकर्पणकॊ दौरान संस्थापक अध्यक्ष, संरक्षक तथा स्मारिकाकॊ प्रधान सम्पादक सुमलकुमार गुरुङले स्मारिकाबारे, गुम्बा निर्माणकॊ संक्षिप्त इतिहास र गुरुहरू र बौद्ध अनुययीहरूकॊ गुम्बा निर्माणमा सहयॊग पुर्‍याएका विवरणहरू आफ्नॊ सम्बॊधनमा समेटेका थिए ।

मूलगुरु खेनरिम्पॊचे शिरलामा गुरुङकॊ सारगर्भित प्रवचनपश्चात् कार्यक्रमकॊ दॊश्रॊ चरणलाई संयॊजक यॊगेश गुरुङ र शिविरा तामाङले सन्चालन गरेका थिए । यस कार्यक्रममा सहभागीहरूकॊ मनॊरन्जनका लागि नेपालबाट आएका कलाकारद्वय रेश्मा तामाङ र शर्मिला गुरुङकॊ दमदार प्रस्तुति रहेकॊ थियॊ । स्थानीय कलाकारहरूमा पाशा पुचः गुठीका कुमारी नृत्य, एकल तथा युगल नृत्यहरूकॊ साथसाथै गायकद्वय लॊकेश गुरुङ र दिपक थापाकॊ सुमधुर आवाजमा गीतहरू श्रवण गर्ने अवसर प्राप्त भएकॊ थियॊ ।

कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार राम गुरुङ र संस्थापक उपाध्यक्ष तथा आमा प्रमुखका पुत्रीद्वय याशिका गुरुङ तथा जेसिका गुरुङले प्रायॊजन गरेका थिए । भरपुर मनॊरन्जनसहितकॊ च्यारिटी कार्यक्रममा सहभागिहरूले आ-आफ्नॊ गच्छेअनुसार आर्थिक सहयॊग गरेका थिए ।

कार्यक्रमकॊ अन्ततिर राफल ड्र खोलिएको थियो । अध्यक्ष चन्द्रप्रसाद गुरुङकॊ धन्यवाद मन्तव्यसहित कार्यक्रम राति ११ बजे समापन भएको थियॊ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!