नेपाल कप २०२६ को उपाधि १ आरजीरको पोल्टामा

बेलायत । नेपाल कप २०२६ को उपाधि १ आरजीआरले आफ्नो पोल्टामा पारेको छ। १ आरजीआरले कुइन्स गोर्खा सिग्नललाई १-० गोलले पराजित गरेको हो । काठमाडौं कप पनि १ आरजीआरले कुइन्स गोर्खा इन्जिनियर्सले २-० ले पराजित गरेर ह्याट्रिक गरेको छ। लेडिज भलिबल आक बटालियनले आरएमएएसलाई पराजित गरेर विजयी बनेको क्याप्टेन दीपक घलेले जानकारी दिएका छन् ।

पराई धर्ती [कविता]

म उभिएको धर्ती मेरो होइन, यहाँको माटोमा मेरो पुर्खाहरूको सुगन्ध छैन । न त यसको छातीमा मेरो बाल्यकालको डोब नै छ । तर पनि, म बलियो गरी उभिरहेको छु । थाहा छ किन ? किनकि मैले टेकेको जमिन पराई भए पनि, मेरो स्वाभिमान थाम्ने संकल्प मेरै हो । संघर्ष गर्ने हत्केला आफ्नै हो, र संघर्ष […]

चारधाम यात्रा : “हर हर महादेव” भन्दै १७ किलोमिटरको परीक्षा

निकै साँघुरा पहाडी बाटा र बीच बाटोमा भारतीय सेनासँग हाम्रो व्यवस्थापन पक्षको तालमेल नमिलेको कारण केही घण्टा थप घुम्नुपर्यो। अन्ततः रातको १२:२५ बजे सीतापुरस्थित शिवालिक भ्याली रिसोर्ट पुगियो। चौरासी व्यञ्जन अगाडि राखिदिए पनि रातको एक बजे पेटभन्दा ओछ्यानले बढी बोलायो। खाना अर्को दिनको जिम्मा लगाएर घुप्लुक्कै निदाइयो। सधैंझैं बिहान सात बजे फालिम हुने उर्दी आयो। […]

भेनेजुएलाको शक्तिशाली भूकम्पमा मृतकको सङ्ख्या २ हजार ६४५ पुग्यो [अपडेट]

काराकास । भेनेजुएलामा आएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६४५ जना पुग्नुका साथै १२ हजार ६६६ जना घाइते भएका छन् । अस्थायी शिविरका लागि कमान्ड सेन्टरका प्रमुख समेत रहेका भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष जोर्ज रोड्रिगेजले टेलिग्राम मार्फत छ हजार ४६२ जनालाई उद्धार गरिएको र ८६ हजार ११७ परिवारले सहायता प्राप्त गरेको बताएका स्थानीय सञ्चारमाध्यमले […]

यी हुन् अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको निर्वाचनका उम्मेदवारहरु, संक्षिप्त जीवनीसहित

लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को केन्द्रीय पदाधिकारीहरूका लागि निर्वाचन यही जुलाई ७ र ८ मा निर्वाचन हुँदै छ । नयाँ नेतृत्वका लागि हुने निर्वाचनमा विभिन्न स्रष्टाहरुले उम्मेदवारी दिएका छन् । अनेसासको आगामी हुने निर्वाचनमा निर्वाचन प्रक्रियामा समावेश उम्मेदवारहरुबाट अनेसास निर्वाचन समिति २०२६-२०२८ मा प्राप्त भएका उम्मेदवारहरुको संक्षिप्त चिनारी यस्तो रहेको छ । अध्यक्षका […]

नेपाली दूतावासमा सम्पन्न भयो ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’ [१७ तस्बिरहरु]

लन्डन । नेपाली दूतावासमा शुक्रबार ३ जुलाईमा ‘नेपाल-युके इकोनोमिक पार्टनरसिप फोरम २०२६’सम्पन्न भएको छ । नेपाल र बेलायतबीच व्यापार, लगानी, प्रविधि तथा आउटसोर्सिङ क्षेत्रमा सहकार्य विस्तार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले जानकारी दिएका छन् । नेपाल र बेलायतका व्यवसायी, लगानीकर्ता, नीति निर्माता तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रह्यो […]

सोंपाल समाज यूकेको कार्यक्रमका लागि नेपालबाट उडे गायक राजु गुरुङ

लन्डन । सोंपाल समाज यूकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रममा सहभागी हुन नेपालबाट नायक तथा गायक धर्मराज (राजु) गुरुङ शनिबार प्रस्थान गरेका छन् । यही ११ जुलाईमा वेम्बली ह्यारोमा दिउँसो १२ देखि राति ८ बजेसम्म हुने कार्यक्रमका लागि शनिबार ४ जुलाई २०२६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गायक राजु बेलायतका लागि उडेका हुन् । ‘सोंपाल समाज […]

error: Content is protected !!