राष्ट्रपतिसमक्ष एनआरएनए प्रतिनिधिमण्डलको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. ज्ञानेन्द्र रेग्मीले सम्माननीय राष्ट्रपति समक्ष शिष्टाचार भेट गरी संघद्वारा आयोजना गरिने विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत गर्नुभएको छ। उक्त भेटमा संघका उपमहासचिव कृष्ण पोखरेल पनि सहभागी हुनुहुन्थ्यो। भेटका क्रममा उपाध्यक्ष डा. रेग्मीले विश्व ज्ञान सम्मेलनको तयारीबारे जानकारी गराउँदै विश्वभर रहेका नेपाली विज्ञ, वैज्ञानिक, अनुसन्धानकर्ता, प्राविधिक तथा […]
१७औँ नेपाली मेलाबारे विस्तृत जानकारी दिन तमु धीं यूकेको २३ अगस्टमा पत्रकार सम्मेलन

लन्डन । बेलायतमा आगामी १७औँ ‘नेपाली मेला यूके’ आयोजना गर्ने तयारीस्वरूप आयोजकले पत्रकार सम्मेलन गर्ने भएको छ। तमु धीं यूकेले नेपाली दूतावास, लन्डनसँगको सहकार्यमा हुने मेलाबारे आगामी अगस्ट २३, २०२६ मा बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो। पत्रकार सम्मेलन तमुधीं भवन मिचेटमा हुनेछ। आयोजकका अनुसार पत्रकार सम्मेलनमार्फत मेलाको उद्देश्य, कार्यक्रमको रूपरेखा, सहभागी […]
यो वर्ष संसद्मा प्रस्तुत हुने विधेयकमध्ये गैरआवासीय नेपाली ऐन पनि एक हो : कानुनमन्त्री शोभिता गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले यो वर्ष संसद्मा प्रस्तुत हुने विधेयकमध्ये गैरआवासीय नेपाली ऐन पनि एक रहेको स्पष्ट पार्नुभएको छ । गैरआवासीय नेपाली संघको प्रतिनिधिमण्डलसँग भएको संवादमा मन्त्री गौतमले संविधानले गैरआवासीय नेपालीलाई प्रदान गरेका अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानुनी व्यवस्था सहित सरकारले प्राथमिकताका आधारमा आगामी हिउदे अधिबेशनमा गैरआवासीय […]
ब्रोड पिकमा बेपत्ता निर्मल पुर्जासहित आरोहीको खोजी गर्न नेपाल सरकारको आग्रह

काठमाडौँ । सरकारले ब्रोड पिकमा बेपत्ता आरोहीको खोजी गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । पाकिस्तानको काराकोरम हिमशृङ्खलामा अवस्थित ८,०४७ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी नेपालीसहित विभिन्न देशका पर्वतारोही बेपत्ता भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गहिरो दुःख व्यक्त गर्दै खोजीका निम्ति आग्रह गरेको हो । पर्यटन विभागले शुक्रबार जारी […]
विश्व नेपाली ज्ञान सम्मेलन–२०२७ र दोहोरो करसम्बन्धी एनआरएनएको प्रस्तावमा सरकार सकारात्मक

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले अघि सारेको विश्व ज्ञान सम्मेलन–२०२७ आयोजना तथा दोहोरो करसम्बन्धी व्यवस्था कार्यान्वयनको प्रस्तावप्रति नेपाल सरकार सकारात्मक देखिएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यी दुवै विषय नेपालको आर्थिक विकास, ज्ञान हस्तान्तरण र वैदेशिक लगानी प्रवर्द्धनका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै आवश्यक सरकारी सहकार्य र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यसै […]
इरानी मिसाइल आक्रमणमा कुवेतमा सोमकुमार तामाङको मृत्यु

लन्डन । इरानी मिसाइल आक्रमणबाट कुवेतमा तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको छ । कुवेतको उत्तरी क्षेत्रस्थित फुफेन आइल्यान्डस्थित चाइनिज कम्पनीको भवनमा ३० जुलाई २०२६मा आक्रमण हुँदा नेपाली श्रमिक तामाङको मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । ताामङ २०२२ देखि कुवेतमा सवारी चालकको काम गर्दै आएका थिए । इरान र अमेरिका–इजरायलबीच जारी युद्धबाट […]
पूर्वब्रिटिस आर्मी कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा बेपत्ता

लन्डन । पूर्वब्रिटिस आर्मी कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाई)सहित १० जना पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा बेपत्ता भएका छन् । पाकिस्तानको काराकोरम हिमशृंखलास्थित ८,०४७ मिटर अग्लो ब्रड पिकमा बिहीबार हिमपहिरो गएपछि प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जासहित करिब १० जना आरोहीसँग सम्पर्क विच्छेद भएको जियो न्युज पाकिस्तान र पाकिस्तान टुडेले जनाएका छन् । पाकिस्तानको अल्पाइन क्लब […]