१७औँ नेपाली मेलाबारे विस्तृत जानकारी दिन तमु धीं यूकेको २३ अगस्टमा पत्रकार सम्मेलन

SHARE:

लन्डन । बेलायतमा आगामी १७औँ ‘नेपाली मेला यूके’ आयोजना गर्ने तयारीस्वरूप आयोजकले पत्रकार सम्मेलन गर्ने भएको छ।

तमु धीं यूकेले नेपाली दूतावास, लन्डनसँगको सहकार्यमा हुने मेलाबारे आगामी अगस्ट २३, २०२६ मा बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो। पत्रकार सम्मेलन तमुधीं भवन मिचेटमा हुनेछ।

आयोजकका अनुसार पत्रकार सम्मेलनमार्फत मेलाको उद्देश्य, कार्यक्रमको रूपरेखा, सहभागी कलाकार तथा विभिन्न सांस्कृतिक गतिविधिबारे जानकारी दिइनेछ।

यस वर्षको मेलाले ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारालाई अघि सारेको छ। मेला केम्पटन पार्क रेसकोर्स, स्टेन्स रोड ईस्ट, सनबरी-अन-थेम्स, मिडलसेक्समा अगस्ट ३०मा आयोजना हुनेछ।

तमु धीं यूकेले नेपाली दूतावास, लन्डनसँगको सहकार्यमा हरेक वर्ष नेपाली भाषा, कला, संस्कृति र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाली मेला आयोजना गर्दै आएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!