बाढीपीडितका सहयोगका लागि स्विन्डनमा ‘नेपाली म्युजिकल नाइट २०२६’ हुने

बेलायत — नेपालमा हालै गएको बाढीपीडितहरूको सहयोगार्थ बेलायतको स्विन्डनस्थित ब्रोडग्रिन कम्युनिटी सेन्टरमा आगामी शुक्रबार, ४ सेप्टेम्बर २०२६ का दिन “नेपाली म्युजिकल नाइट २०२६” आयोजना हुने भएको छ। आयोजक समितिका सदस्य अनिता रानामगरले यस सांगीतिक कार्यक्रमबारे जानकारी दिनुभएको हो। संगीतमय मनोरञ्जनका साथै सामाजिक उत्तरदायित्व र परोपकारी भावनासहित जोडिएको यस कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। […]

क्वान्टम ग्रुपद्वारा नेपालका बाढीपीडितका लागि १० लाख ७० हजार रुपैयाँ सहयोग

लन्डन । नाइजेरियास्थित औद्योगिक घराना क्वान्टम ग्रुपले नेपालका बाढीपीडितका लागि राहत १० लाख ७० हजार रूपैयाँ सहयोग गरेको छ। स्टिल, प्याकेजिङ, प्लास्टिक, पेपर, फुड प्रोसेसिङलगायतका उद्योग सञ्चालन गर्दै आएको क्वान्टम ग्रुपले एनआरएनए नाइजेरियामार्फत सहयोग गरेको हो । क्वान्टम ग्रुपको सहयोगसँगै एनआरएनए नाइजेरियाको बाढीपीडित राहत कोषमा हालसम्म ३८ लाख रुपैयाँ बराबरको सहयोग रकम जम्मा भएको एनआरएनए प्रवक्ता सोमनाथ सापकोटाले जानकारी […]

बेलायती इन्डो–प्यासिफिक मन्त्रीद्वारा भोटेकोशी बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं । परराष्ट्र सचिव अमृतबहादुर राई र बेलायतकी इन्डो–प्यासिफिक मन्त्री बारोनेस विन्टरटनबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री विन्टरटनले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गरिन् । भेटमा बाढीपछि जारी खोजी, उद्धार तथा पुनःस्थापनाका प्रयासबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको […]

मौलिक पहिरनसहित १७औँ नेपाली मेलामा स्याङ्जा समाज यूकेको सहभागिता

लन्डन । तमु धीं यूकेको आयोजनामा गत ३० अगस्टमा बेलायतमा १७औँ नेपाली मेला सम्पन्न भएको छ। नेपाली कला, संस्कृति, भेषभूषा र मौलिक परम्पराको प्रदर्शन तथा संरक्षण गर्ने उद्देश्यले आयोजित मेलामा बेलायतस्थित विभिन्न नेपाली संघ–संस्थाको उल्लेख्य सहभागिता रहेको थियो। मेलामा स्याङ्जा समाज यूकेले पनि मौलिक पहिरनसहित सहभागिता जनाएको छ। समाजकी अध्यक्ष रुपा गुरुङको नेतृत्वमा करिब ६० जनाको टोली मेलामा […]

बेलायती मन्त्री पुगिन् नेपाल

लन्डन । बेलायतका इन्डो-प्यासिफिक मन्त्री ब्यारोनेस विन्टरटन नेपाल पुगेकी छन् । बाढीको चपेटामा परेको नेपाललाई सहयोगका लागि मन्त्री नेपाल आइपुगेको नेपालस्थित बेलायती राजदूतावासले जनाएको छ । ‘नेपालको साथमा बेलायत । बेलायतकी मन्त्री काठमाडौं आइपुग्नुभएको छ,’ दूतावासको फेसबुकमा लेखिएको छ । नेपाल आए लगत्तै मन्त्री विन्टरटनले नेपालमा रहेको मानवीय सहायता स्थलको अवलोकन गर्ने तथा आपतकालीन सहयोग […]

संसदमा प्रधानमन्त्री वालेन्द्र शाहले गरे सम्बोधन, के के बोले [पूर्णपाठ]

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज संघीय संसद्मा सम्बोधन गरेका छन् । उनले बाढी पहिरो लगायत विषयमा बोलेका छन् । पूर्णपाठ सम्माननीय सभामुख महोदयज्यू, आज म विशेष जिम्मेवारीसहित यस गरिमामय सार्वभौम संसदको रोस्ट्रममा उभिएको छु। भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै हामीबाट आमाबुबा, दिदीबहिनी र दाजुभाइ खोसेर लग्यो। यस अकल्पनीय विपत्तिमा […]

नेपालका बाढी, पहिरो प्रभावितका लागि १ करोड १ हजार सहयोग गर्ने तमु धीं यूकेको घोषणा, सहयोग बटुल्दै

लन्डन । तमु धीं यूकेले नेपालका बाढी, पहिरो प्रभावितका लागि १ करोड १ हजार रुपैयाँ सहयोग घोषणा गरेको छ । भोटेकोशी बाढी प्रभावितलाई समर्पित गर्दै ३० अगस्टमा १७ औं नेपाली मेला सम्पन्न गरेसँगै बसेको जुम बैठकमा सहयोग रकम घोषणा गरिएको हो । नेपाली मेलाबाट बचत रकम र बाँकी सहयोग संकलन गरेर नेपाल पठाइने तमु धीं […]

बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा अल्डरशटमा दीप प्रज्वलन [तस्बिरहरु]

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए)ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।मंगलबार सेप्टेम्बर १, २०२६ मा प्रिन्सेस गार्डेन्स अल्डरशटमा शोकसभा आयोजना गरिएको हो । स्थानीय सय अनुसार साँझ सवा ७ बजेपछि सुरु भएको कार्यक्रममा पूर्वउपसभामुख तथा रास्वपा सांसद इन्दिरा राना मगर, […]

नेपाल बाढी : नेपाली कल्चर सेन्टर यूकेद्वारा दीप प्रज्वलन कार्यक्रम [तस्बिरहरु]

लन्डन । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाएकाहरूको सम्झना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेलायतमा दीपप्रज्वलन गरिएको छ। नेपाली कल्चर सेन्टर यूकेको आयोजनामा सोमबार साँझ हन्स्लोस्थित लक्ष्मीनारायण मन्दिरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बाढीबाट प्रभावित परिवारका सदस्यसहित पश्चिम लण्डनमा बसोबास गर्ने नेपाली समुदायको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा एक […]

Beyond the Floods: Nepal Is Rising, Recovering and Ready to Welcome the World

Nepal is going through a painful and difficult time. The recent flash floods and landslides have taken lives, damaged homes and infrastructure, and left many families facing uncertainty. Behind every number is a person, a family and a story. Our thoughts and deepest condolences are with everyone who has lost a loved one, and our […]

बेलायतस्थित नेपाली दूतावासमा बाढीपीडितको सम्झनामा दीप प्रज्वलन

लन्डन । नेपालमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतस्थित नेपाली राजदूतावासले १ सेप्टेम्बर मंगलबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेताहरू, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा नेपाली समुदायका अन्य सदस्यहरूको सहभागिता रहेको थियो। संक्षिप्त कार्यक्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली […]

error: Content is protected !!