बेलायतस्थित नेपाली दूतावासमा बाढीपीडितको सम्झनामा दीप प्रज्वलन

SHARE:

लन्डन । नेपालमा २६ अगस्ट २०२६ मा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा बेलायतस्थित नेपाली राजदूतावासले १ सेप्टेम्बर मंगलबार साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेताहरू, बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, विद्यार्थी तथा नेपाली समुदायका अन्य सदस्यहरूको सहभागिता रहेको थियो।

संक्षिप्त कार्यक्रममा सहभागीहरूले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता, सहानुभूति र समर्थन व्यक्त गरेका थिए।

विशेषगरी भोटेकोशी र त्रिशूली नदी जलाधार क्षेत्रमा बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति समर्थन जनाउँदै नेपाली समुदायले विपद्को यस दुःखद् घडीमा एकताबद्ध भएर साथ दिने प्रतिबद्धता व्यक्त गरेको थियो।

कार्यक्रम बेलायतमा रहेका नेपाली समुदायलाई विपद्का पीडितप्रति श्रद्धाञ्जली अर्पण गर्ने तथा प्रभावित परिवार र समुदायप्रति सहानुभूति प्रकट गर्ने अवसर बनेको दूतावासले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!