हङकङ नेपाली मञ्च युकेले वार्षिकोत्सव मनायो

SHARE:

मधुकर गुरुङ
अल्डरसट । हङकङ नेपाली मञ्च युकेले विविध कार्यक्रमका साथ दसौं वार्षिकोत्सव मनाएको छ । गत शनिबार २८ अप्रिलका दिन अल्डरसटस्थित कनट कम्युनिटी स्कुलमा मनाइएको हो । हङकङबाट बेलायत आइबसेका नेपालीहरुलाई संगठित गर्ने उद्देश्यका साथ १० वर्षअघि मञ्चको गठन भएको थियो ।

 

मञ्च दस वर्ष पुगेको अवसरमा आयोजित सो कार्यक्रमलाई एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, उपाध्यक्ष पुनम गुरुङ, सल्लाहकार नन्दकुमारी गुरुङ, मञ्चका अध्यक्ष दुर्गा गुरुङलगायत मञ्चका अग्रजहरुले संयुक्त रुपमा केक काटेर कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा नेपालबाट आमन्त्रित गायिका सत्यकला राईले ‘हङकङ आईडीले’ बोललगायत चर्चित गीतहरु गाएर सबैलाई नचाएकी थिइन् । त्यस्तै, गायक रमेशराज भट्टराईले विभिन्न चर्चित गीतहरु गाएका थिए भने स्थानीय नेपाली कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत् गरेका थिए ।

मञ्चले शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध जन्मेको देश नेपाललाई चिनाउँदै नेपालको पर्यटन विकासमा टेवा पुर्‍याउने उद्देश्यका साथ सन् २०२० मा गुडेर नेपाल जाने अभियानको थालनी गरेको छ । सो अभियानका संयोजक एवं पूर्वअध्यक्ष प्रेम गुरुङले भ्रमण रुटको बारेमा पावर पाईन्ट प्रिजेन्टेशन गरेका थिए । सो भ्रमणका लागि १० जनाले आप्mनो नाम दर्ता गराइसकेका छन् ।

मञ्चका अध्यक्ष दुर्गा गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष भीम महेन्द्र गुरुङले स्वागत मन्तव्य दिएका थिए भने सचिव श्री गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

SHARE:

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!