बेलायतमा नवीन एन्ड नवीन ज्वेलर्स नयाँ ठाउँमा सर्‍यो, सञ्चालकलाई शुभकामना दिन को को पुगे ?

SHARE:

लन्डन । बेलायतमा विगत ६ वर्षदेखि स्टेसन रोडबाट सेवा प्रदान गर्दै आएको नवीन एन्ड नवीन ज्वेलर्स नयाँ ठाउँमा सरेको छ ।

नविन एन्ड नवीन शुक्रबार नयाँमा औपचारिक रुपमा सरेको हो । चार नेपालीद्वारा सञ्चालित नवीन एन्ड नवीन ज्वेलर्सको नयाँ ठाउँबाट सेवा प्रभावकारी र सफल रुपमा सञ्चालन होस् भन्दै विभिन्न व्यक्तिहरुले शुभकामना दिएका छन् ।

रशमुर बरोका उपमेयर जीवनारायण बेलवासेलगायतले पहिलेको ठाउँभन्दा ३ सय प्रतिशतले बढी कारोबार हुने विश्वास व्यक्त गरे । उनले यो व्यवसाय सफलताको शुभकामना दिए ।

यस्तै काउन्सिलर धनबहादुर सार्कीले अल्डरसटको सबैभन्दा ठूलो ज्वेलरी नवीन एन्ड नवीन देखिएको भन्दै सफलताको शुकामना दिए । उनले आफूले व्यक्तिगत र काउन्सिलरको हैसियतले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसक्रममा तमु धीं यूकेका उपाध्यक्ष कमल गुरुङ, महासचिव डा विशाल गुरुङ, सचिव विमल गुरुङ, व्यवसायी दिलरास गुरुङलगायतलको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!