पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष शिवकुमार गुरुङ दम्पती हङकङमा सम्मानित

SHARE:

लन्डन । पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेका पूर्वकोषाध्यक्ष शिवकुमार गुरुङ दम्पती हङकङमा सम्मानित भएका छन् ।

तमु समाज यूकेको निवर्तमान अध्यक्षसमेत रहेका शिवकुमार गुरुङ र पत्नी मीना गुरुङलाई २६ जुन २०२६, शुक्रबार हङकङको जोर्डनस्थित ‘ल्वु ओशन रेष्टुरेन्ट एण्ड बार’मा’आर्थर डाँडाखर्क सहयोग समिति हङकङ’ र ‘चेलीबेटी समूह’को संयुक्त आयोजना गरेर स्वागत, सम्मान गरेका हुन् । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारीहरू, सदस्यहरू र चेलीबेटी समूहका प्रतिनिधिहरूले गुरुङ दम्पतीलाई पुष्पगुच्छा, खादा र मायाको चिनो प्रदान गरी स्वागत र सम्मान गरे ।

‘कार्यक्रममा सहभागी हुन पाउनु हाम्रो लागि अत्यन्तै हर्षको विषय बनेको छ। श्री पञ्चकोशी आर्थर डाँडाखर्क समाज यूकेको पूर्वकोषाध्यक्ष एवं आर्थर डाँडाखर्कको एक बासिन्दाको नाताले हङकङमा रहनुहुने आत्मीय दाजुभाइ तथा दिदीबहिनीहरूसँग साक्षात्कार गर्न पाउनु मेरा लागि ठूलो सौभाग्य हो, त्यसप्रति हामी हृदयदेखि नै गौरवान्वित र कृतज्ञ छौँ। यहाँहरूको यो आत्मीयता र स्नेह मेरो स्मृतिमा सदैव रहिरहनेछ।’ सम्मानपछि शिवकुमार गुरुङले भने ।

समितिका अध्यक्ष प्रविण गुरुङको अध्यक्षता तथा सचिव तेजबहादुर लामा गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रत्यक्ष उपस्थित भई शोभा बढाइदिने सम्पूर्ण हङकङवासी गाउँले दाजुभाइ, दिदीबहिनी तथा आफन्तजनहरूलाई उनले धन्यवाद ज्ञापन गरेका छन् ।

शिवकुमार दम्पती निजी भ्रमणका लागि अहिले हङकङमा छन् । उनले आफूहरुको भ्रमण सफल पार्न नम्बरी इन्द्र गुरुङ, मामा श्याम गुरुङ, आजी सुकमाया गुरुङ, बहिनी रोस गुरुङ तथा तमु समाज हङकङका संस्थापक अध्यक्ष, समाजसेवी एवं सफल व्यवसायी कमल गुरुङ (स्याङ्जाली कान्छा)प्रति विशेष आभार व्यक्त गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!