८ दिने युराेप भ्रमणबाट प्रधानमन्त्री ओली स्वदेश फिर्ता, गुठी विधेयकको विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने

SHARE:

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए ।

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ। त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन। सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार जनतालाई दुखी बनाउन चाहदैन। खुसी भएको हेर्न चाहन्छ।यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन।’

प्रधानमन्त्री ओलीले लोकसेवा विज्ञापन बारको विवाद अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नसक्ने बताए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!