यसरी सम्पन्न भयो बेलायतमा चौंथो मिडल्यान्ड नेपाली मेला

SHARE:

लन्डन । बेलायतमा यही २७ जुलाईमा चौंथो मिडल्यान्ड नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाली समाज नटिङहम यूकेको आयोजनामा नेपाली मेला हुन भएको हो । मेलामा स्थानीय कलाकारहरुका साथै नेपालमा राष्ट्रिय स्तरमा ख्याति कमाएका कलाकारसम्मले सांगीतिक एवम् सांस्कृतिक प्रस्तुति दिएका छन् । नेपाली लोक तथा दोहोरी गीतका कलाकारहरु विष्णु खत्री, रमेशराज भट्टराई, अस्मिता डल्लाकोटी र इन्द्र जिसीले बेजोड प्रस्तुति दिएका थिए ।

कार्यवाहक राजदूत दुवाडीले बेलायतवासी नेपालीहरुलाई एक ठाउँमा भेला गराइ उनीहरुबीचको सद्भाव बढाउन तथा बेलायतमा नेपाल र नेपालीपन प्रवर्द्धन गर्न मेलाले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले मिडल्यान्ड नेपाली मेलालाई आगामी वर्षहरुदेखि थप सहयोग र सहकार्यको प्रतिबद्धता व्यक्त गरे ।

आयोजक नेपाली समाज नटिङहमका अध्यक्ष लोकनाथ अधिकारीले आगामी वर्षहरुमा गैरनेपाली समुदायको सहभागितासहित मेलालाई थप विस्तार र विकास गर्ने लक्ष्य सुनाए ।

तमु धीं यूके अध्यक्ष जुमकाजी गुरुङले नेपाली कला, संस्कृति, भेषभूषा र परम्परा जगेर्ना गर्ने कार्यमा मेला सफल बनेको उल्लेख गरे ।

गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनीले मेलाले बेलायतमा नेपालीपनको प्रवर्द्धन गरेको जनाउँदै यस्ता कार्यक्रमहरुमा संघको सधैं ऐक्यबद्धता र सहकार्य रहने बताए ।

बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यतामा मेला सम्पन्न भएको हो । मिडल्यान्डस्थित करिब एक दर्जन नेपाली संघसंस्थाको सहकार्यमा मेला नटिङहमको मेलवर्न पार्कमा भएको हो ।

मेलामा बेलायतभरबाट आउने नेपाली खेलाडीहरुको सहभागितामा उमेर समूहअनुसार भलिबल, फुटबललगायत विभिन्न खेल पनि सञ्चालन गरिएको थियो । मेलास्थलमा नेपाली खाना, पोशाक, गरगहनादेखि विभिन्न व्यापार र सेवाका स्टलहरु पनि राखिएका थिए ।

समाजका पूर्वअध्यक्ष विष्णु चालिसे र महासचिव डिलाराम गौतमले सञ्चालन गरेको कार्यक्रमको औपचारिक सत्रमा पूर्वअध्यक्ष रविन्द्र शर्माले स्वागत मन्तव्य दिएका थिए । समाजका सांस्कृतिक संयोजक सुदीप उप्रेतीले मनोरञ्जनात्मक सत्र अर्थात् अनौपचारिक कार्यक्रम सञ्चालन गरेका थिए ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!