उत्तर कोरियाले गर्‍यो दुई वटा मिसाइल प्रक्षेपण

SHARE:

काठमाडौं । उत्तर कोरियाले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । शनिबार बिहान दक्षिणी हेम्याङ प्रान्तको हमहङ शहर नजिकैबाट जापानको समुद्रमा मिसाइल प्रक्षेपण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

उसले समुद्रतर्फ लक्षित गरेर प्रहार गरेका मिसाइल कुन प्रकारको हो खुलेको छैन । पछिल्लो दुई हप्ताको अवधिमा उत्तर कोरियाले गरेको यो पाँचौ प्रक्षेपण हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनबाट आफूले निकै सुन्दर पत्र प्राप्त गरेको बताएलगत्तै मिसाइल प्रक्षेपण भएको हो ।हाल अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यासबाट किम खुशी नरहेको ट्रम्पले बताएका थिए ।

अमेरिका र दक्षिण कोरियाबीच अगस्ट ११ देखि संयुक्त सैन्य अभ्यास हुँदै आएको छ । गत जुलाइमा दुइ कोरियाको सीमा क्षेत्रमा दक्षिण कोरियाका राष्ट्रपतिको उपस्थितिमा ट्रम्प र किमबीच भेटवार्ता भएको थियो ।

भेटमा अमेरिका र उत्तर कोरियाबाचीको वार्तालाई निरन्तरता दिने सहमति भएको बताइएको थियो । त्यसपछि उत्तर कोरियाले लगातार मिसाइल र रकेट प्रक्षेपण गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!