नायक तथा निर्माता अमृत गुरुङ बेलायतमा, एयरपोर्टमा भव्य स्वागत

SHARE:

लन्डन । गुरुङ चलचित्र ‘सैंर्बे म्रु’का नायक तथा निर्माता अमृत गुरुङ बेलायत आइपुगेका छन् ।

गुरुङ बिहीबार बेलायत आइपुगेका हुन् । उनलाई हिथ्रो एयरपोर्टमा घान्द्रुक समाज बेलायतका अग्रज बाबाआमाहरू, तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरूङ, महासचिव डाक्टर विशाल गुरूङ, सहारा यूकेका युवा संयोजक तथा सफल युवा व्यवासायी अजयजंग गुरुङ र तमु धीं यूकेका सचिव तथा पानास रेस्टुरेन्टका संचालक बिमल गुरूङलगायतले भव्य स्वागत गरेका थिए ।

नायक तथा निर्माता अमृतको बेलायतमा दोस्रो भ्रमण हो । उनी सँगै तोयनाथ पौडेल र गोमा पौडेल पनि बेलायत आएका छन् । तोयनाथले घान्द्रुक गाउँमा १४ वर्षसम्म हेडमास्टर रहेर सेवा गरेका थिए ।

अमृत चलचित्र ‘सैर्बे म्रु’ (मनको राजा) प्रदर्शनमा सहभागी हुन बेलायत आएका हुन् । चलचित्र मनको राजा आगामी सेप्टेम्बर १९ मा द प्रिन्सेस हल अल्डरसटमा बेलुका ६ बजेदेखि प्रदर्शन हुनेछ ।

ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउन्डेशन घान्द्रुकद्वारा निर्मित नेपाली भाषामा रहेको गुरूङ चलचित्र सैंर्बे म्रु (मनको राजा) नेपालका विभिन्न ठाउँहरूमा सफल प्रदर्शन भइसकेका छन् । उक्त चलचित्र सुन्दर पर्यटकीय गाउँ घान्द्रुकको प्राकृतिक सौन्दर्य, गुरुङ संस्कृति, परम्परा र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको हो । वर्तमान परिवेश, वास्तविक भूगोल, जीवनशैली र प्राकृतिक सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरिएको यस चलचित्रमार्फत घान्द्रुकको पहिचानलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने प्रयास रहेको निर्माण पक्षले जनाएको छ ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!