दार्जिलिङ। पश्चिम बंगाल राज्यपछि भारतीय जनता पार्टीको आँखा सिक्किममा परेको छ । सिक्किमको राजनीतिमा भारतको सत्तारूढ दल भाजपाको उपस्थिति रहे पनि हालसम्म खास प्रभाव भने पार्न सकिरहेको थिएन । तर पवन चाम्लिङको दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को २५ वर्षे एकछत्र राज तोड्दै पीएस गोलेको सिक्किम क्रान्तिकारी मोर्चाले सरकार बनाएपछि सिक्किमको राजनीतिमा हलचल पैदा भएको छ ।
भारतीय जनता पार्टीको निर्देशनमा सिक्किमको राजनीतिक चलखेल गरिरहेको आरोप प्रसिद्ध फुटबल खेलाडी भाइचुङ भुटियाको दल हाम्रो सिक्किमलाई लाग्दै आएको छ । त्यसैगरी, सिक्किम क्रान्तिकारी मोर्चालाई समेत भाजपानिकट रहेको आरोप बेलाबेलामा लाग्ने गर्छ । तर क्षेत्रीय राजनीतिमा कुनै छनक नदिई सिक्किम डेमोक्रेटिक फ्रन्टका १० विधायक भारतीय जनता पार्टीमा प्रवेश गरेका छन् ।






