हङकङ मामिलामा हस्तक्षेप नगर्ने बेलायतलाई चीनको चेतावानी

SHARE:

लन्डन । चीनले बेलायतलाई हङकङको मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिएको छ । बेलायतका विदेश मामिला सचिव डोमिनिक राबले शुक्रबार हङकङ विशेष प्रशासनिक क्षेत्र (एचकेएसएआर)का कार्यकारी प्रमुखलाई क्यारी लामसँग फोन गरेपछि चीनले शनिबार चेतावनी दिएको हो ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा छाउइङले भनेका छन्, ‘हङकङ चीनको विशेष प्रशासनिक क्षेत्र हो, यो बेलायतको उपनिवेश होइन । हङकङको सार्वभौमिकता, शासन अधिकार तथा सञ्चालनमा बेलायतको कुनै अधिकार छैन ।’ ‘बेलायतले चीनको आन्तरिक मामिलामा हस्तक्षेप, निन्दा वा निर्देशन गर्ने जस्ता ‘आगोमा इन्धन थप्ने’ काम ‘तुरन्त’ बन्द गर्नुपर्छ,’ उनले थप भनेका छन, एचकेएसएआरको आधारभूत कानुन, विदेश मामिला केन्द्र सरकारले व्यवस्था गरेको छ । बेलायतले एचकेएसएआरका प्रमुखलाई सिधै फोन गरेर दवाब दिनु गलत हो ।’

शानिबारको २० मिनेट लामो फोनवार्तामा लामले एचकेएसएआरमा ‘एक देश, दुई प्रणाली’को सिद्धान्त पूर्णरुपमा कार्यान्वयन भएको र कानुनी शासन यस क्षेत्रको विशेष महत्व भएको विषयमा विशेष जोड दिएको एचकेएसएआरका प्रमुखको कार्यालयको विज्ञप्तिमा बताइएको छ । एचकेएसएआरको विज्ञप्तिमा लामले बेलायतका विदेश सचिव राबलाई एचकेएसएआर सरकारले वाक स्वतन्त्रता, सम्मेलनजस्ता जनताका विविध मुद्दा विचारलाई सम्मान गर्ने बताएको उल्लेख छ । वार्ताका क्रममा उनले जनताका रहनसहनमा असर पार्ने गैरकानुनी व्यावहार र हिंसालाई छुट नदिने बताएको उल्लेख छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!