जापानमा शक्तिशाली आँधी, प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारियो

SHARE:

टोकियो । जापानमा आएको शक्तिशाली आँधीमा एक जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका छन् ।
आँधी प्रभावित क्षेत्रका ४ लाख सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ सारिएको छ । क्रोसा नाम दिईएको सो आँधीले कारण ८ सय वटा हवाई सेवा र रेलवे सेवासमेत अवरुद्ध भएको तथा हजारौं यात्रु अलपत्र परेको जनाइएको छ ।

जापानका हिरोसीमा शहरका बासिन्दा नराम्ररी प्रभावित भएका छन् । आँधीका कराण त्यहाँका अधिकांश घर भत्केका छन् । बिजुली आपूर्ति बन्द हुनका साथै ठाउँ ठाउँमा रुखहरु ढलेका कारण यातायात सेवासमेत अवरुद्ध बनेको छ । भारी बर्षापछि आएको आँधीका कारण केही स्थानमा पहिरो समेत गएको छ । भारी बर्षा र आँधी केही दिनसम्म रहने भन्दै सर्वसाधारणलाई सचेत रहन मौसमविद्हरुले सुझाव दिएका छन् ।

यसअघि चीनमा आएको लेकिमा नामको आँधीले २८ जनाको ज्यान गएको थियो । (एजेन्सी)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!