महिना दिनमा ६० जना तालिबान लडाकू मारिए

SHARE:

काठमाडौं । अफगानिस्तानको गोर प्रान्तमा अफगान सुरक्षाबलले करिब एक महिनासम्म गरेको सुरक्षा कारबाहीको क्रममा ६० जना तालिबान लडाकू मारिएका छन् ।

कारबाहीको क्रममा सुरक्षा बलले एक सय भन्दा बढी गाउँ पुनः कब्जामा लिएको प्रान्तीय प्रहरीले जनाएको छ ।

गोर प्रान्तको प्रान्तीय राजधानी फिरोज कोहमा करिब एक महिना भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ६० सशस्त्र तालिबान लडाकू मारिनुको साथै एक सय भन्दा बढी घाइते भएका थिए ।

सुरक्षा कारबाहीको क्रममा एक सय आठ वटा गाउँ तथा क्षेत्र पुनः सरकारको कब्जामा आएको निजामीले पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!