सन् १९१२ मा बेलायतबाट २ हजार यात्रु बोकेर क्यानाडा गएको टाइटनिक जहाज दुर्घटनामा प¥यो । अहिले १४ वर्षमा पहिलोपटक अध्ययनकर्ताहरुले टाइटानिक जहाजको भगनावशेष हेर्न जान सफल भएका छन् । यसरी कुनै समय लक्जरीको चिह्न मानिने जहाज समुद्री भूमिमा ‘मेटल–इटिङ’ ब्याक्टेरियाले निल्नै लागेको अवस्थामा देखिएको उनीहरुले बताए । यसै महिनामा मात्र ट्रिटन सबमरिनका अनुसन्धान टोलीले पाँच पटकको ड्राइभमा टाइटानिकको निरीक्षण पूरा गरेका छन् । क्यानाडास्थित न्युफाउन्डल्यान्डको दक्षिणतर्फ रहेको उक्त भग्नावशेषको दयनीय अवस्था देखेर आश्चर्यमा परेको उनीहरु बताउँछन् ।
आफ्नो समयमा कहिल्यै नडुब्ने जहाजका रुपमा चिनिने टाइटानिक हाल समुद्रको चार हजार मिटर तल अवस्थित छ । यस्तोमा विश्लेषक, वैज्ञानिक र राष्ट्रिय पर्यावरण एवम् समुद्र विभागका प्रतिनिधिले निरीक्षण कार्यमा १०७ वर्ष पुरानो यस जहाजको हालको तस्बिरसमेत सार्वजानिक गरेका हुन् । यसका लागि उनीहरुले विशेष किसिमको क्यामरा प्रयोग गरेका थिए । जसले चार हजार रिजोलुसनको तस्बिर खिच्न सफल भएको बताइएको छ । सो उच्च गुणस्तरीय तस्बिरमार्फत जहाजमा पुगिरहेको क्षतिलाई अत्यन्तै नजिकबाट हेर्न सकिने र भर्चुअल रियालिटी प्रविधिको सहायताले वास्तविक जस्तै दृश्य प्रदान गर्ने बताइएको छ ।
जहाज सन् १९१२ मा हिमचट्टानसँग ठोकिएर डुबेको थियो जस समय टाइटानिकमा सवार दुई हजार बढी यात्रुमध्ये १,५१७ को मृत्यु भएको थियो । अहिले अट्लान्टिक प्रडक्सनले नयाँ डकुमेन्ट्रीका रुपमा जहाजको हालैको फुटेजको प्रयोग गर्ने बताएको छ । यसले समुद्री नुन, ‘मेटल–इटिङ ब्याक्टेरिया र गहिराइको झट्काको असरले जहाजमा पु¥याइको क्षति स्पष्ट देखाएको छ ।
ट्रिटन सबमरिनका अध्यक्ष प्याट्रिक लेहे भन्छन्, ‘टाइटेनिकलाई अहिले समुद्रले कसरी खाइरहेको छ भन्ने आफ्नै आँखाले देख्नु सबैभन्दा आश्चर्यजनक रह्यो र यसले त्यहाँका अनगिन्ती जीवहरुलाई उल्लेखनीय रुपमा बासस्थान प्रदान गरिरहेको छ । सबमर्सिबलका मुख्य पाइलट एवम् सिइओ भिक्टर भेस्कोभोका अन्सार टाइटानिकसम्म पुग्न सफल हुनुले यसै प्रक्रियामार्फत अन्य कठिन भग्नावशेषहरुसम्म पनि पुग्न सक्ने बाटो खुलाएको छ । उनले भनेका छन्, ‘अब हामीसँग एउटा सिद्ध प्रणाली छ जसमार्फत सजिलै र दोहो¥याएर समेत समुद्रको कुनै पनि गहिराइसम्म पुग्न सकिनेछ । त्यसैले हामी अहिले यो कार्यलाई अब कुन दिशामा लैजाने भन्ने सम्बन्धी विचार गरिरहेका छांै । यसरी अध्ययन मात्र नभएर अनुसन्धान टोलीले जहाज दुर्घटनामा मृत्यु भएकाहरुका निम्ति स्मृति समारोह पनि आयोजना गरेका हुन् ।






