‘प्रोजेक्ट स्कुल’ सहयोगार्थ लन्डनमा कबड्डी कबड्डी कबड्डीको विशेष प्रदर्शन

SHARE:

एटा संवाददाता
लन्डन । नेपाली चलचित्र कबड्डी कबड्डी कबड्डीको बेलायतमा विशेष प्रदर्शन हुने भएको छ ।

पीपल मोर्गेजेज एण्ड स्टेट एजेण्डको स्कुल प्रोजेक्ट सहयोगार्थ चलचित्र विशेष प्रदर्शन गर्न लागिएको हो । चलचित्रको नेपालमा विशेष प्रदर्शन सँगसँगै बेलायतमा पनि २९ सेप्टेम्बर २०१९ का दिन अल्डरसटमा रेड कार्पेट शो हुने भएको छ । त्यस्तै, १२ अक्टोबरका दिन स्वीन्डनमा, १३ अक्टोबरका दिन ह्यारोमा, १८ अक्टोबरका दिन फोक्स्टोनमा प्रदर्शन गर्ने निश्चित भएको छ । थप प्रदर्शनबारे समयमा नै जानकारी गराउने पीपल गु्रुपले बतायो ।

रामबाबु गुरुङद्वारा निर्देशित चलचित्रमा दयाहाङ्ग राई, रिश्मा गुरुङ, उपसना सिंह ठकुरी, माओत्से गुरुङ, पुस्कर गुरुङ, कर्म शाक्य, लोनिभा तुलाधर, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, विल्सन विक्रम राई, अरुणा पोखरेल लगायतको जोडदार अभिनय छ । निर्देशक गुरुङद्वारा निर्देशित कबड्डी र कबड्डी कबड्डीलाई दर्शकहरुको अपार माया दिएको थियो भने यस ‘कबड्डी कबड्डी कबड्डी’ ले दर्शकहरुलाई भरपूर मनोरञ्जन दिने पीपल ग्रुपको विश्वास छ । साथै, चलचित्र हेर्न ईच्छुक दर्शकहरुले समयमा नै टिकट लिई आफ्नो सीट सुरक्षित गर्न समेत पीपलले अनुरोध गरेको छ ।

पीपल ग्रुपले यसअघि नै नेपालको ग्रामीण क्षेत्रको विद्यालय निर्माण गर्ने योजना सार्वजनिक गरिसकेको छ । पीपलका अनुसार सन् २०२१ भित्र च्यारिटीमार्फत १० हजार पाउन्ड संकलन गर्ने योजना तय भएअनुरुप ‘प्रोजेक्ट स्कुल’ को सहयोगार्थ चलचित्र प्रदर्शन गर्न लागिएको हो ।

‘शिक्षा नै सबैभन्दा शक्तिशाली हतियार हो, जसको प्रयोगबाट संसारलाई परिवर्तन गर्न सकिन्छ’ भन्ने नेल्सन मण्डेलाको भनाइलाई उद्धृत गर्दै पीपल ग्रुपले सो चलचित्र प्रदर्शनबाट बचत रकम ‘प्रोजेक्ट स्कुल’ मा लगानी गर्ने जनायो ।
यसअघि पनि पीपल ग्रुपले गत फेब्रुअरीमा सम्पन्न आफ्नो तेस्रो वार्षिकोत्सवमा आयोजित च्यारिटी डिनर नाईटबाट संकलित १ हजार ६८३ पाउन्ड रकम ‘आशा नेपाल’ नामक परोपकारी संस्थालाई सहयोग गरेको थियो । त्यस्तै, २०१८ को मार्चमा सम्पन्न पीपलको दोस्रो वार्षिकोत्सवको अवसरमा संकलित रकम २ हजार ३०० पाउन्ड गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग गरेर परोपकारी कामको थालनी गरिसकेको छ ।

फार्नबोरोको नर्थक्याम्पमा प्रधान कार्यालय, स्वीन्डन, आस्फोर्ड, एनडोभर र हालै लन्डनको हन्स्लोमा शाखा कार्यालय स्थापना गरेको पीपल ग्रुपले करिब २० जनालाई प्रत्यक्ष रोजगारसमेत दिएको छ । पीपलले सेल्स, लेटिङ्ग, प्रोटेक्शन, मोर्गेजेज, होम इन्स्योरेन्स, कन्भीयन्सीङ्ग, विल्स लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!