‘आफ्नो देश फर्केर जाऊ’ भन्दै बेलायतमा पूर्व गोर्खा वृद्धवृद्धामाथि हातपात

SHARE:

लन्डन । बेलायतको अल्डरसटस्थित म्युनिसिपल पार्कमा मंगलबार दुई भूतपूर्व गोर्खा वृद्ध र एक वृद्धामाथि आक्रमण भएको छ।

एक स्थानीय गोरा वर्णका व्यक्तिले ‘आफ्नै देश फर्केर जाऊ’ भन्दै गालीगलौज गरी पीडितमाथि हातपात गरेका ग्रेटर रश्मोर नेपाली कम्युनिटीका उपाध्यक्ष डा. विशाल गुरुङले जनाए । घटनास्थलमा रहेका दुई नेपाली युवा–युवतीले बचाउको प्रयास गर्दै भिडियो खिच्न खोज्दा आक्रमणकारीले उनीहरूको मोबाइलसमेत फुटाइदिएको बताइएको छ।

घटनापछि पुगेको प्रहरीले पीडित र प्रत्यक्षदर्शीसँग बयान लिई तस्बिर तथा भिडियो फुटेज संकलन गरेको छ। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
स्थानीय काउन्सिललाई समेत घटनाबारे जानकारी गराइएको छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!