नेपाली दूतावास लन्डनद्वारा मुख्यमन्त्री गुरुङको स्वागत तथा सम्मान

SHARE:

एटा संवाददाता
लन्डन । नेपाली दूतावास लन्डनले बेलायत भ्रमणका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई एक कार्यक्रमबीच स्वागत गरेको छ ।

गत २९ अगस्ट बिहिबार लन्डनस्थित नेपाली दूतावासमा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ढाकाको खादा लगाई उनलाई स्वागत तथा सम्मान गरेका हुन् । त्यस्तै, उनीसँगै नेपालबाट आएका क्होला सोंथर गाउँपालिका प्रमुख प्रेम घले, उपप्रमुख मुनी गुरुङ र स्वकीय सचिव एलिजा गुरुङलाई समेत खादा लगाई स्वागत गरेका थिए ।

कार्यक्रममा मुख्यमन्त्री गुरुङले नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्थाबारे जानकारी गराउँदै नेपालको व्यापार घाटा रहेको र त्यसलाई कम गर्न पर्यटन प्रर्वद्धनमा विशेष जोड दिनुपर्ने बताए । उनले नेपालमा लगानीको लागि केही कानुनी झन्झट रहेको बताउँदै संघीय सरकारले केही कानुनी प्रावधानहरु संशोधन गर्नुपर्ने, बैंकिङ्ग सिस्टम राम्रो बनाउनुपर्ने र सबै काम एउटै ढोकाबाट सम्पन्न गराउनुपर्ने खाँचो आंैल्याए । साथै, उनले आ–आप्mनो क्षेत्रबाट नेपाल भ्रमण २०२० लाई सफल पार्न आव्हान पनि गरे ।

नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मुख्यमन्त्री गुरुङलाई स्वागत गर्दै नेपाली समुदाय बेलायत नेपालको विकासमा लागिरहेको र मातृभूमिलाई भैपरी आउँदा सहयोग गर्न प्रतिबद्ध रहेको समेत जनाए । उनले नेपाल र बेलायतबीचको सम्बन्ध राम्रो रहेको, गोर्खाहरु समस्या ७५ प्रतिशत पूरा भएको र निष्कर्षमा पुर्‍याउने विश्वास व्यक्त गरे ।

राजदूत डा. सुवेदीले हङकङबाट आएका एनआरएनए अभियन्ता त्रिलोक गुरुङ, लन्डन बार्नेट बरो काउन्सिलका उपमेयर लक्ष्यबहादुर गुरुङ, नेपालबाट आएका गायक दिपक बज्रचार्य लगायत ‘मन मागन’ सांगीतिक समूहलाई खादा लगाई स्वागत तथा सम्मान गरेका थिए । त्यस्तै, नेपाली मेलाका संयोजक एवं तमुधिं यूकेका उपाध्यक्ष जुमकाजी गुरुङलाई स्वागत तथा सम्मान गरे ।

मुख्यमन्त्री गुरुङको सम्मानमा रात्रिभोजसमेत आयोजना गरिएको थियो । सो कार्यक्रममा बेलायतस्थित नेपाली व्यापारी, उद्यमी, सामाजिक संघसंस्थाका अभियन्ता, दूतावासका उपनियोग प्रमुख शरदराज आरन तथा दूतावास कर्मचारी लगायतको उपस्थिति थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!