
लन्डन । एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि मतदान चलिरहेको छ । संयुक्त अधिराज्यका विभिन्न केन्द्रमा शनिबार बिहानदेखि मतदान सुरु भएको हो ।
अल्डरसट केन्द्रमा बिहान करिब १० बजे अध्यक्षकी उम्मेदवार पुनम गुरुङले मतदान गरेकी छन् । अध्यक्षका लागि गुरुङ र शेरबहादुर सुनार प्रतिस्पर्धामा छन् । मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यसपटकको निर्वाचनमा १३ हजार ६ सय २९ मतदाता छन् । बिहान ८ बजेपछि सुरु भएको साँझ ८ बजेसम्म चल्ने छ ।






