काठमाडौं । रौतहटको कटहरियाका मेयर सियाराम कुशवाहा पक्राउ परेका छन् । काशीनाथ तिवारी हत्याको अभियोगमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंबाट पक्राउ गरेको हो ।
हिन्दु युवा संघ वीरगन्जका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा कुशवाहालाई जनकपुर उच्च अदालतको अस्थायी इजलास वीरगन्जले जन्मकैदको फैसला सुनाएको थियो। सो फैसलापछि कुशवाहा फरार थिए । पक्राउ परेका कुशवाहालाई अदालतको फैसला कार्यान्वायनका लागि अदालतमा पेश गरिने सिआईबीका डिएसपी कमल थापाले बताए ।
प्रकाशित मितिः २७ वैशाख २०७५






