लन्डन । स्याङ्जा समाज यूकेको यही २० जुनमा हुने वार्षिक भेटघाट र समर बीबीक्यू २०२६ को राफल ड्रका लागि अल्डरसटको दिप ज्वेलर्सले तलहरी स्पोन्सर गरेको छ ।
वार्षिक कार्यक्रम अनुसार फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा हुने भेटघाट र समर बीबीक्यू कार्यक्रमका लागि दिप ज्वेलर्सका प्रोपाईटर प्रेम र कमला विश्वकर्मा दम्पतीले ५१० पाउन्ड बराबरको सुनको तिलहरी प्रायोजन गरेको आमा अध्यक्ष पार्वती गुरुङले जानकारी दिएकी छन् ।
‘युकेको प्राय: जस्तो प्रोग्रामहरुमा सुनको गहना स्पोन्सर गर्नु हुने अल्डरसटको दिप ज्वेलर्सका प्रोपाईटर प्रेम दाइ र कमला दिदीले स्याङ्गजा समाज युकेको २० तारिखमा हुन गइरहेको समर बिबिक्यु भेटघाट कार्यक्रमको राफल ड्रका लागि £510 सुनको तिलहरी स्पोन्सर गर्नु भएकोमा तन, मन, धनका धनि दाज्यू दिदी र पूरा दिप ज्यैलर्स परिवारलाई अध्यक्ष रुपा गुरुङज्यू र स्याङ्गजा समाज युके परिवारको तर्फ देखि धेरै धन्यवाद,’ आमा अध्यक्ष पार्वतीले फेसबुकमा लेखेकी छन् ।
समाजको कार्यक्रम मध्याह्न १२ देखि राति ९ बजेसम्म हुने छ । समाजकी अध्यक्ष रुपा गुरुङको अध्यक्षता र लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आलेको प्रमुख आतिथ्यता रहनेछ । यस्तै रिडिङको ब्याटल वार्डकी काउन्सिलर प्रतिक्षा गुरुङ पनि अतिथिको रुपमा उपस्थित हुनेछिन् । कार्यक्रम संयोजकमा उपाध्यक्ष भीमबहादुर गुरुङ छन् ।
कार्यक्रमबारे थप जानकारी आवश्यक परेमा अध्यक्ष रुपा गुरुङ, उपाध्यक्ष भीमबहादुर गुरुङ, महासचिव यमबहादुर गुरुङ र आमा अध्यक्ष पार्वती गुरुङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।
स्याङ्जा समाज यूके २०२० सालमा स्थापना भएको हो । अहिले रुपा गुरुङले तेस्रो कार्यसमितिको नेतृत्व गरिरहेकी छन् ।






