म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिकाका विभिन्न १४ विद्यालयहरूमा मगर खाम भाषा पुस्तक वितरण गरिएको छ ।
नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिको पहलमा गाउँपालिकाका विभिन्न १४ विद्यालयहरूमा यस वर्ष शैक्षिक सत्र कक्षा १ देखि पठनपाठन सुरूवात भएपश्चात् पुस्तक वितरण गरिएको हो ।
पुस्तक वितरण भएका विद्यालयहरू तथा विद्यार्थी संख्या:
१. श्री महादेव माध्यमिक विद्यालय, बेग – ४ जना
२. श्री पार्वती आधारभूत विद्यालय, बेग – ३ जना
३. श्री कालिका माध्यमिक विद्यालय, तिप्ल्याङ – ५ जना
४. श्री जनता माध्यमिक विद्यालय, दग्नाम – ७ जना
५. श्री शिव आधारभूत विद्यालय, दर्मिजा – २ जना
६. श्री अमर माध्यमिक विद्यालय, चिमखोला – ६ जना
७. श्री चिमखोला आधारभूत विद्यालय, चिमखोला – १ जना
८. श्री सिद्ध आधारभूत विद्यालय, चिमखोला – १ जना
९. श्री महेन्द्र माध्यमिक विद्यालय, झिँ – ६ जना
१०. श्री शिशु कल्याण आधारभूत विद्यालय, झिँ – २ जना
११. श्री अमर माध्यमिक विद्यालय, पाखापानी – ४ जना
१२. श्री हरि आधारभूत विद्यालय, पाखापानी – २ जना
१३. श्री राइखोर आधारभूत विद्यालय, राइखोर – ३ जना
१४. श्री जनआदर्श आधारभूत विद्यालय, कोटगाउँ – ४ जना
‘हामीले अधिकांश विद्यालयहरूमा विद्यार्थी संख्याभन्दा बढी मगर खाम भाषा पुस्तक उपलब्ध गराएका थियौं, ताकि भाषा सिकाइको दायरा विद्यार्थीमा मात्र सीमित नरही अभिभावक तथा समुदायसम्म पनि विस्तार होस्,’ समितिले भनेको छ, ‘श्री शिव आधारभूत विद्यालय, दर्मिजामा २ जना विद्यार्थी मात्र भए पनि प्रारम्भमा ११ वटा पुस्तक पठाइएको थियो। पछि अभिभावकहरू समेत मगर खाम भाषा सिक्न इच्छुक भएको जानकारी प्राप्त भएपछि थप १० वटा पुस्तक उपलब्ध गराइएको छ।’
त्यसैगरी, श्री जनता माध्यमिक विद्यालय, दग्नाममा ७ जना विद्यार्थी भए तापनि आवश्यकतालाई मध्यनजर गर्दै थप पुस्तकहरू पठाइएको छ। साथै, दग्नाममा मगर खाम भाषा कक्षा सञ्चालनका लागि आगामी १–२ दिनभित्र बैठक बसी कक्षा सञ्चालन प्रक्रिया अगाडि बढाइने जानकारी रघुगंगा गाउँपालिका–४ का अध्यक्षले दिएका छन् ।
मगर खाम भाषा संरक्षण, संवर्द्धन र पुस्तान्तरणको अभियानमा साथ, सहयोग र प्रेरणा प्रदान गर्ने सम्पूर्ण विद्यालय परिवार, अभिभावक, समुदाय तथा सहयोगी मनहरूप्रति हार्दिक आभार व्यक्त गरिएको छ ।






