अमेरिकामा फेरि गोलीबारी

SHARE:

वासिंटन । उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलीबारीमा एक जना व्यक्तिको मृत्यु भएको छ । यस घटनामा अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेको घटनास्थलमा प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताए । सो गोलाबारीमा परी गम्भीर घाइते भएका व्यक्तिहरु नजिकैको अस्पतालमा लगिएको छ ।

ह्वाइट हाउसबाट करिब ३ किलोमिटर टाढा रहेको कोलम्बिया हाइट्समा गोली प्रहार भएको प्रहरीले जनाएको छ । अमेरिकी राजनीतिज्ञहरूले यस वर्षमा धेरै आम गोलीबारीपछि बन्दुक राख्न पाउने विषयका कानुनहरू संशोधन गर्न छलफल गरिरहेका छन् । अमेरिकाका विभिन्न ठाउँमा भएका गोलीकाण्डमा दर्जनौं मानिस मारिएका छन् । (रासस/सिन्ह्वा

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!